Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

काश्मिर चुनावमा क्षेत्रीय पार्टीको जित, भाजपाले कम सिट जित्दा ७५ जना पक्राउ

काश्मिर चुनावमा क्षेत्रीय पार्टीको जित, भाजपाले कम सिट जित्दा ७५ जना पक्राउ

एजेन्सी

१२, पौष २०७७
काश्मिर चुनावमा क्षेत्रीय पार्टीको जित, भाजपाले कम सिट जित्दा ७५ जना पक्राउ
images

भारत सरकारले काश्मीरी राजनीतिक नेता तथा कार्यकर्ता गरी ७५ जनालाई नियन्त्रणमा लिएको छ । काश्मीरको क्षेत्रीय राजनीति पार्टीले स्थानीय निर्वाचन जितेसँगै यस्तो कदम चालिएको हो । गत वर्ष काश्मीरको विशिष्ट स्थान हटाइए पछिको पहिलो स्थानीय निर्वाचनका रूपमा जिल्ला विकास परिषद्को निर्वाचन यसै साता सम्पन्न भएको हो । 
निर्वाचनपछि नयाँ दिल्लीले विपक्षी विरुद्ध कदम चलाउँदै आन्दोलन र हिंसालाई रोक्न धेरै जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा प्रतिबन्धित समूह जमात–ए–इस्लामीका पृथकतावादी नेता तथा कार्यकर्ता रहेका छन् । 
काश्मीरको स्वायत्तता पक्षधर पिपल्स एलायन्स फर गुप्कर डिक्लेरेसनकाले स्थानीय निर्वाचनमा २ सय ८० सिटमध्ये १ सय १२ सिट जितेका छन् । प्रधानमन्त्री मोदीको हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टीले ७४ सिट जितेको छ । यस वर्षको निर्वाचन नोभेम्बर २८ देखि डिसेम्बर १९ सम्म आठ चरणमा गरिएको थियो ।  

images
images

images
प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - ०९:१८:२३ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology