विवि श्रेष्ठ, पोखरा । डिजिटल मिडिया सम्वन्धित विभिन्न गतिविधि गर्ने उद्येश्य सहित पोखराको रानीपौवामा ईकर्श साथीखुल्ने भएको छ । नयाँ प्रविधिको जमानामा डिजिटल युगसँग अभ्यस्त गराउन ईकमर्श साथी खोल्न लागिएको प्रा.लिका अध्यक्ष विजय कुमालले जानकारी दिए ।
ईकमर्श साथीले विभिन्न डिजिटल सम्वन्धि काम गर्ने अध्यक्ष कुमालले वताए । मोवाईल एपको निर्माण, सप्टवेयरको डिजाईन, डिजिटल मार्केटिङ्ग, वेभसाईट डिजाईन, ग्राफिक डिजाईन, सोसल मिडिया म्यानेजमेन्टको काम गर्दछ । जसले गर्दा दैनिकी जीवनमा सहज, व्यवसायिक र प्रविधिसँग अभ्यस्त हुन सहज गराउने अध्यक्ष कुमालले वताए ।
व्यापार प्रवद्र्धन होस वा दैनिकी जीवन अव डिजिटल प्रणाली नै एकमात्र विकल्प भएको उनले वताए । डिजिटल प्रविधिको यो युगमा डिजिटल सम्वन्धि सम्पुर्ण सेवा र तालिम दिईने समेत अध्यक्ष कुमालले वताए ।
यसैगरि ईकमर्श प्रा.लि ले डिजिटल मार्केटिङ्ग तालिम, वेभसाईट डिजाईन, डिजिटल पत्रकारिता, एफलाईट मार्केटिङ्ग, ईकमर्श विजनेश र ग्राफिक्स डिजाईन सम्वन्धि तालिम समेत दिईने संस्थाले जनाएको छ । संस्थाले शुभारम्भको अवसरमा सेवामा ६०% र तालिममा ३० प्रतिशत विशेष छुट दिने व्यवस्था गरिएको उनले वताए । भौतिक तथा अनलाईन वाट सेवा दिने व्यवस्था मिलाईएको हुदाँ जुनसुकै स्थानवाट पनि तालिम र सेवा लिन सकिने समेत उनले वताए ।
‘विशेष गरि अवको युवा पुस्ता कुनै न कुनै माध्यामवाट डिजिटल प्रविधीमा जोडिएको हुदाँ त्यसको सफल प्रयोगले व्यवसायिक तथा आर्थिक रुपले सक्षम वन्न सकिन्छ । जसले गर्दा यसको अनिवार्यता झन वढेको छ । डिजिटल प्रविधिीको प्रयोग विना अव जीवन सहज छैन, यसको सकारात्मक प्रयोगले जीवन उच्चतम वनाउन सकिन्छ । प्रविधि मनोरन्जन मात्र नभई व्यवसाय पनि हो । यसको महत्व दर्शाउन हामीले शुरुवात गरेका हौ’ अध्यक्ष कुमालले वताए।
युुवा व्यवसायी विजय कुुमाल र ममता शाहको लगानी रहेको उक्त प्रा.लि पोखराको रानीपौवामा रहेको छ ।