Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

फाेनिज तनहुँद्वारा सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घाेषणा गर्न माग गर्दै पत्रकार महासंघलाई ज्ञापन पत्र

फाेनिज तनहुँद्वारा सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घाेषणा गर्न माग गर्दै पत्रकार महासंघलाई ज्ञापन पत्र

images

इच्छाकामना न्युज

१६, भाद्र २०७९
फाेनिज तनहुँद्वारा सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घाेषणा गर्न माग गर्दै पत्रकार महासंघलाई ज्ञापन पत्र
images
तनहुँ । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हो भनि स्थापित गरियोस भन्ने माग सहित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) तनहुँले नेपाल पत्रकार महासंघ तनहुँ शाखा मार्फत नेपाल पत्रकार महासंघलाई ज्ञापन पत्र र स्व.श्रेष्ठको तस्बिर बुझाएकाे छ ।

बिहिबार नेपाल पत्रकार महासंघ तनहुँ शाखाकाे कार्यलयमै पुगेर महासंघका अध्यक्ष उज्वल पौडेललाई ज्ञापनपत्र बुझाएको हाे ।

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको प्रमाण हुँदा हुँदै कृष्ण प्रसाद भट्टराइ संस्थापक अध्यक्ष भनेको भन्दै यस्तो कदम प्रति विमति रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

२००८ साल वैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको र २००९ बैशाख २८ मा पुर्नगठन गरेको इतिहास रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ, तर २०१२ चैत्र १६ गते पुर्नगठन हुँदा कृष्णप्रसाद भट्टराई सभापति बनेका थिए ।  तथ्यहरुले सत्यनारायण बहादुर श्रेष्ठ  संस्थापक सभापति पुष्टि भैसकेको अवस्थामा कृष्ण प्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष भनेर भट्टराईको अपमान गरेकाे भन्दै २०१२ सालमा महासंघको नेतृत्व गर्ने स्व.भट्टराईप्रति अनादर वा अवमूल्यन गर्न नभई इतिहासलाई नबंग्याइ तथ्य स्थापित गर्नु रहेकाे ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

यता नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले ज्ञापन पत्र बुझ्दै संस्थापक अध्यक्षको विषयमा बहस र छलफल चलेको र पछी महासंघ केन्द्रको निर्णय अनुसार अघि बढ्नुपर्ने बताए । उनले तत्काल केन्द्रिय समितिमा ज्ञापन पत्र पठाउने समेत बताए ।

साे ज्ञापन पत्र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तनहुँका अध्यक्ष किरण श्रेष्ठसहितको जिल्ला समितिले संयुक्त रूपमा बुझाएको थियो ।
 
 

images
प्रकाशित मिति :भाद्र १६, २०७९ बिहिवार - २१:३७:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology