Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

फोनिज चितवनले बुझायो पत्रकार महासंघ चितवनलाई ज्ञापनपत्र, पत्रकार महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ भएको दावी

फोनिज चितवनले बुझायो पत्रकार महासंघ चितवनलाई ज्ञापनपत्र, पत्रकार महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ भएको दावी

इच्छाकामना न्युज

१६, भाद्र २०७९
फोनिज चितवनले बुझायो पत्रकार महासंघ चितवनलाई ज्ञापनपत्र, पत्रकार महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ भएको दावी
images

भरतपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले नेपाल पत्रकार महासंघ चितवनलाई ज्ञापनपत्र बुझाएको छ । फोनिजले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ नै भएको दाबी गर्दै बिहीबार शाखा मार्फत केन्द्रलाई ज्ञापनपत्र बुझाएको हो ।

images
images

नेपाल पत्रकार महासंघले भने पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ । आदिवासी जनजाति पत्रकारहरूले भने सत्यनारायणबहादुर श्रेष्ठ नै संस्थापक अध्यक्ष भएको दाबी गर्दै विगत लामो समयदेखि आन्दोलन गर्दै आइरहेको छ ।

नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गराउँदै फोनिजले देशभरका सबै जिल्ला शाखामार्फत आज बुझाएको हो । फोनिजको केन्द्रीय समितिले गरेको निर्णयानुसार फोनिजको चितवन शाखाले पत्रकार महासंघको चितवन शाखालाई ज्ञापनपत्र बुझाएका हुन् ।

पत्रकार महासंघले वास्तविकता विपरीत निर्णय गरी तत्कालीन नेपाल पत्रकार संघको केन्द्रीय अध्यक्ष भट्टराई हो भन्दै आदिवासी जनजाति माथि अन्याय गरेको फोनिजको ठहर छ । विगतका इतिहास र विभिन्न खालका तथ्य–तथ्यांकले पनि पत्रकार महासंघको अध्यक्ष श्रेष्ठ नै भएको फोनिजले बताउँदै आएको छ ।

वि.सं. २०१२ चैत १६ गते तत्कालीन अवस्थामा ‘नेपाल पत्रकार संघ’ पुनर्गठन भएपछि बल्ल कृष्णप्रसाद भट्टराई सभापति बनेको फोनिजले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा भनिएको छ,– वि.सं. २००८ साल वैशाख ९ गतेको भेलाले श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन भएको इतिहास छ ।

फोनिजसँग भएको तथ्यांकबारे जानकारी गराउँदै फोनिज चितवनका अध्यक्ष रमेश रानामगरले भने, २००९ साल वैशाख २८ गते पुनः श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ गठन भएको पाइन्छ । त्यसैले सत्यनारायणबहादुर श्रेष्ठ नै नेपालको पत्रकार महासंघमा संस्थापक अध्यक्ष भएको उनको भनाइ थियो ।

 

images
प्रकाशित मिति :भाद्र १६, २०७९ बिहिवार - २१:३५:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology