चितवन । आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेद्वार बन्न चितवन क्षेत्र नं. २ प्रदेश सभा ‘क’ तर्फ इच्छाकामना गाउँपालिकाका ५ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरुमा राम बहादुर लामा, राजकुमार गुरुङ, बाशु देब सिलवाल, गिता कुमारी गुरुङ र इन्द्रमाया लामा रहेका छन्। उनीहरु सबैले समानुपातिकतर्फ उम्मेद्वारी दिएका हुन्।
आवेदन दिने मध्य इच्छाकामना ५ मुग्लिन निवासी राम बहादुर लामा नेपाली कांग्रेस लोकतन्त्रवादी जनजाती महासंघको सदस्य हुन् भने इच्छकामना ३ का राजकुमार गुरुङ तरुण दलको क्षेत्र नं. २ सभापति हुन्। यस्तै इच्छाकामना ४ निवासी बासुदेव सिलवाल पार्टीको जिल्ला सल्लाहकार छन्।
यसैगरी समानुपातिक महिलातर्फ उम्मेद्वारी दिने इच्छाकामना ३ निवासी गीता कुमारी गुरुङ इच्छाकामना गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन् भने पार्टीमा हाल केन्द्रीय महाधिवेशन प्रतिनिधि छन्।
समानुपातिक महिला तर्फ उम्मेद्वारी दिनेमा इच्छाकामना ५ मुग्लिन बजार निवासी इन्द्रमाया लामा हुन्। उनी पार्टीको १४ औं महाधिवेशनबाट लोकप्रिय मतका साथ केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी थिइन् भने राज्य प्रशासन विभागको केन्द्रीय सदस्यको जिम्मेवारीमा समेत छिन्।