Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

रत्ननगरमा पनि तमूस्यो ह्युल छोंज धींको नगर समिति गठन 

रत्ननगरमा पनि तमूस्यो ह्युल छोंज धींको नगर समिति गठन 

images

इच्छाकामना न्युज

१५, भाद्र २०७९
रत्ननगरमा पनि तमूस्यो ह्युल छोंज धींको नगर समिति गठन 
images

रत्ननगर । बुधबार तमू ह्युल छोँज धीँले पदभार ग्रहण गरेकै दिन तमूस्यो ह्युल छोँज धीँ गुरूङ महिला राष्ट्रिय परिषदले पनि रत्ननगर नगर समिति गठन गरेको छ । बालकुमारी गुरूङको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरिएको तमूस्यो ह्युल छोँज धीँ चितवन जिल्लाकी सचिव सीतादेवी गुरूङले जानकारी दिइन् ।

समितिको उपाध्यक्षमा ज्ञानु गुरूङ, सचिवमा विनिता गुरूङ र कोषाध्यक्षमा गीता गुरूङ चयन भएका छन् । यस्तै सदस्यहरूमा भने राममाया गुरूङ, अमृता गुरूङ, निरा गुरूङ, एकमाया गुरूङ, मनु गुरूङ, कुमारी गुरूङ र जुठी गुरूङ चयन भएका छन् । महिला परिषदको नवनिर्वाचित पदाधिकारी र कार्यसमितिले पनि बुधबार नै पदभार ग्रहण गरेका छन् ।

images
प्रकाशित मिति :भाद्र १५, २०७९ बुधवार - २१:३४:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology