Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद रत्ननगर नगर समितिको पदभार ग्रहण

तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद रत्ननगर नगर समितिको पदभार ग्रहण

images

इच्छाकामना न्युज

१५, भाद्र २०७९
तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद रत्ननगर नगर समितिको पदभार ग्रहण
images

रत्ननगर । तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद रत्ननगर नगर समितिले पदभार ग्रहण गरेको छ । केही दिनअघि गठित कार्यसमितिले बुधबार तमू ह्युल छोँज धीँका केन्द्रीय सचिव सन्तलाल गुरूङको उपस्थितिमा पदभार ग्रहण गरेको हो । ऋषिराम गुरूङ नेतृत्वको ११ सदस्यीय समितिलाई केन्द्रीय सचिव गुरूङले सपथग्रहण गराएका हुन् ।

सपथग्रहणपछि नगर अध्यक्ष गुरूङले रत्ननगर नगरपालिका बसोबास गर्दैै आएका गुरूङ समुदायलाई एकताको विन्दुमा ल्याउनको लागि नगर समिति गठन भएको जानकारी गराए । ‘अबदेखि रत्ननगर नगरपालिकाका गुरूङहरू पनि एकतामा बाँधिएका छाँै,’ उनले भने, ‘यसले गुरूङ समुदायको लागि हरेक समस्यामा समाधानसहितको काम गर्नेछ ।’

सपथग्रहण गराएपछि केन्द्रीय सचिव सन्तलाल गुरूङले गुरूङ समुदायलाई एकतामा ल्याउनको लागि ह्युल छोँज धीँको भूमिका मह¤वपूर्ण रहेको हुँदा देशभरको गुरूङ समुदायले ह्युल छोँज धीँको आवश्यकता महसुस गरेको बताए । चितवनमा पनि इच्छाकामना, माडी र रत्ननगर नगरपालिकामा नगर समिति गठन भइसकेकोले अब बाँकी पालिकामा पनि छिट्टै समिति गठन गर्ने तयारीमा रहेको जानकारी गराए ।

ह्युल छोँज धीँको विषयमा प्रशिक्षण दिँदै सचिव गुरूङले भने, ‘कुनै पनि व्यक्ति संगठनमा जोडिएपछि उसले गर्ने योगदान फरक हुन्छ । अब तपाइँहरूले हिजो संगठित नहुँदा पनि तमू ह्युललाई सहयोग गर्नुभएको थियो । अब संगठित भइसकेपछि पनि सहयोग त छँदैछ । तर, संगठित हुँदा र नहुँदाको अवस्थामा धेरै नै फरक पाइन्छ ।’

ह्युल छोँज धीँ चितवनकी उपाध्यक्ष विमला गुरूङले चितवन जिल्लाको अधिवेशन यही भदौ १८ गते हुन लागेको जानकारी गराउँदै गुरूङ समुदायको हरेक गतिविधिमा ह्युल छोँज धीँको भूमिका निकै महत्त्वपूर्ण रहने बताइन् ।

 

images
प्रकाशित मिति :भाद्र १५, २०७९ बुधवार - २१:२०:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology