Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

उच्च शिक्षा हासिल गरेर आफ्नो समुदायको विकास गर्ने चेपाङ बालबालिकाको सपना 

उच्च शिक्षा हासिल गरेर आफ्नो समुदायको विकास गर्ने चेपाङ बालबालिकाको सपना 

images

इच्छाकामना न्युज

१५, भाद्र २०७९
उच्च शिक्षा हासिल गरेर आफ्नो समुदायको विकास गर्ने चेपाङ बालबालिकाको सपना 
images

विकास तिमल्सिना, काभ्रेपलान्चोक । उच्च शिक्षा हासिल गरेर आफ्नो समुदायको विकास गर्ने काभ्रेपलान्चोकमा अध्ययनरत चितवन, कान्दाका चेपाङ बालबालिकाले बताएका छन् । राप्ती नगरपालिका १३ स्थित अति विकट कान्दाका बालबालिका माध्यमिक तहको शिक्षाको लागि काभ्रे आएका हुन् ।

चौरीदेउराली गाउँपालिका–४ गुमटीमा लक्ष्मी प्रतिष्ठानले ५९ बालबालिकालाई आवासिय व्यवस्था मिलाएको छ । उच्च शिक्षाकै लागि जिल्ला छाडेका बालबालिकाले पढेर नेताको नजरमा पर्न नसकेको गाउँको मुहार फेर्ने बताएका छन् ।

कान्दाका ५९ जना बालबालिका लक्ष्मी प्रतिष्ठानले सञ्चालन गरेको कुमार बलराम स्मृति छात्रावासमा बसेर स्थानीय सरस्वति माध्यामिक विद्यालयमा पढिरहेका छन् ।

अध्ययनसँगै आफ्नो गाउँको मुहार फेर्ने खाका समेत कोरिरहेको कक्षा ९ मा अध्ययनरत मिनुमाया प्रजाले बताउनुभयो । बालबालिकाको लागि अध्ययनको अवसर स्थानीय विष्णु गौतमले जुराइदिनुभएको हो ।

९ महिनाको अन्तरालमा दुई सन्तान गुमाउनुभएका गौतमले पीडा भुल्न प्रतिष्ठान मार्फत चितवन र काभ्रेमा गरि १ सय ९६ जना बालबालिकालाई संरक्षण गरिरहनुभएको छ । बालबालिकालाई शिक्षासँगै स्वावलम्बनका कार्यमा समेत जोडिएको छ ।

उनीहरूलाई ‘कपाल काट्ने, कृषि उत्पादन, पाउरोटी उत्पादन, पशुपालन, वायरियङ्ग, टेलरिङ्ग, फर्निचरलगायतका विषयमा तालिम दिइएको छ । अध्ययन तथा अतिरिक्त क्रियाकलापका लागि बिहान ५ बजेदेखि राती ९ बजेसम्मको समय तालिका बनाइएको छात्रावास इन्चार्ज विपना भुर्तेलले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :भाद्र १५, २०७९ बुधवार - ०९:१७:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology