चितवन । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचन चितवन क्षेत्र नं.१ बाट प्रत्यक्षतर्फ उम्मेद्वार बन्न ६ जनाले नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेमा मन्त्रीदेखि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत छन् ।
यस्तै दुईपटक चुनाव लडेर पराजित भएका राजेन्द्र प्रसाद बुर्लाकोटी फेरि उम्मेद्वार बन्न आंकाक्षा देखाएका छन् । उनी २०७० र २०७४ को निर्वाचनमा नेकपा (एमाले)का सुरेन्द्र पाण्डेसंग पराजित भएका थिए । त्यस्तै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा.तिर्थराज खनियाँ र भिमप्रसाद थपलियाले नाम दर्ता गराएको सभापति ओलीले जानकारी दिए ।
त्यसै समानुपातिकतर्फ उम्मेदवार बन्न ८ जनाले नाम दर्ता गराएका छन् । पूर्वमन्त्री सावित्री बोगटी पाठक, पूर्व सांसद सावित्रीदेवी चौधरी, जोखाप्रसाद चौधरी, शुशीलादेवी उप्रेती, बासुदेव चौधरी, टंकप्रसाद उप्रेती, सूर्य अर्याल र मानबहादुर थापाले उम्मेद्वार बन्न नाम दर्ता गराएको सभापति ओलीले जानकारी दिए । नेपाली कांग्रेसले अहिले संघ र प्रदेशमा उम्मेद्वार बन्न चाहने आकांक्षीहरुको नाम दर्ता गराइरहेको छ ।