Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राजनिति

विकासका बाँकी काम पूरा गर्न फेरि एक पटक चितवनका जनताको प्रतिनिधि बन्न चाहन्छु : नेता कृष्णभक्त पोखरेल

विकासका बाँकी काम पूरा गर्न फेरि एक पटक चितवनका जनताको प्रतिनिधि बन्न चाहन्छु : नेता कृष्णभक्त पोखरेल

images

इच्छाकामना न्युज

१४, भाद्र २०७९
विकासका बाँकी काम पूरा गर्न फेरि एक पटक चितवनका जनताको प्रतिनिधि बन्न चाहन्छु : नेता कृष्णभक्त पोखरेल
images

चितवन । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिको सभापति तथा चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले फेरि एकपटक सांसद बन्ने बताएका छन् ।

सांसद पोखरेलले नारायणी अनलाइनसँग कुराकानी गर्दै आफ्नो निर्वाचन क्षेत्रमा विकासका बाँकी काम पूरा गर्न फेरि एकपटक सांसद बन्ने आकांक्षा व्यक्त गरेका हुन् । उनले पहिलो पटक दोस्रो संविधानसभामा सांसद बन्दा आफू संविधान लेख्ने काममा सक्रिय भएको, दोस्रो पटक कानुन बनाउने काममा सक्रिय भएको र अब एकपटक विकास र समृद्धिको सपना पूरा गर्न प्रत्यक्षतर्फ प्रतिनिधिसभामा सांसद बन्न चाहेको बताएका छन् ।

उनले भने, ‘ मेरो निर्वाचन क्षेत्रमा विकासका थुप्रै काम बाँकी छन् । दाहखानी, चण्डीभन्ज्याङ, शक्तिखोर, भोर्ले दाहखानी सडकक निर्माणका कामहरु अझै कतिपय अधुरा छन् । भरतपुर महानगरपालिकाका ठूला आयोजनामा पनि केन्द्रको बजेट पार्ने देखि पहाडी क्षेत्रमा बत्ती बाल्नको लागि महत्वपूर्ण भूमिका खेलेको छु । एकपल्ट सांसदमा आउनुपर्छ भनेर मतदाताले भनिरहेका छन् ।’ उनले आफू सांसद भन्दा पनि जनताको सेवक भएको बताए । पोखरेलले आफ्नो क्षेत्रका चेपाङदेखि सबै जनजातिहरुलाई आफूले त्यत्तिकै सम्मान गर्ने विचार राखे ।

प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्र रहेको चितवनमा प्रतिनिधि सभा क्षेत्र नं. २ मा बाम गठबन्धनका उम्मेदवारको रुपमा विसं २०७४ सालमा विजयी भएका थिए । उनले नेपाली कांग्रेसका उम्मेदवार शेषनाथ अधिकारीलाई पराजित गरेका थिए ।

पोखरेलले ४४ हजार ६७० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी रहेका नेपाली कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत ल्याएका थिए । पोखरेलले आफ्ना प्रतिद्वन्दीलाई १७ हजार ४५६ मतको अन्तरले पराजित गरेका हुन् । सांसद पोखरेल प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका थिए । समितिमा उनले सरकारको कामको अनुगमन, मूल्यांकन र आवश्यक निर्देशन दिने कामलाई मुख्य प्राथमिकता दिएका छन् ।

त्यस्तै उनी दोस्रो संविधानसभाको निर्वाचनमा पनि चितवन–२ बाट निर्वाचित भएर संविधान निर्माणको मस्यौदा समितिमा रहेर महत्वपूर्ण भूमिका खेलेका थिए । वरिष्ठ अधिवक्तासमेत रहेका उनले दोस्रो संविधानसभामा कांग्रेसका भीमबहादुर श्रेष्ठ र माओवादीका नारायण दाहाललाई पराजित गरेका थिए । निरन्तरको विजय यात्राले पोखरेललाई चितवनमा निकै लोकप्रिय नेताका रुपमा चिनिन्छ ।

 

images
प्रकाशित मिति :भाद्र १४, २०७९ मंगलवार - १९:३९:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology