Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

यस वर्षको साउन महिनामा पेट्रोलको खपत ७ प्रतिशतले घट्यो 

यस वर्षको साउन महिनामा पेट्रोलको खपत ७ प्रतिशतले घट्यो 

images

इच्छाकामना न्युज

१३, भाद्र २०७९
यस वर्षको साउन महिनामा पेट्रोलको खपत ७ प्रतिशतले घट्यो 
images

काठमाण्डौ । गत वर्षको तुलनामा यस वर्ष साउन महिनामा पेट्रोलको खपत ७ प्रतिशतले घटेको छ । गत वर्ष २०७८ साउन महिनामा कुल ५५ हजार ८ सय ४ किलोलिटर पेट्रोल खपत भएकामा यस वर्ष ५१ हजार ६ सय ३० किलोलिटर पेट्रोलको खपत भएको नेपाल आयल निगमले जनाएको छ । डिजलको पनि खपत अघिल्लो वर्षको तुलनामा २८ प्रतिशतले घटेको छ ।

२०७८ को साउनमा १ लाख ५ हजार ४३२ किलोलिटर डिजल खपत भएकामा यो साउन महिनामा कुल ७६ हजार ४० किलोलिटर डिजल खपत भएको हो ।

मट्टितेलको खपत समेत साउन महिनामा ६५ प्रतिशतले घटेको छ भने खाना पकाउने ग्यासको खपत गत साउन र यो साउनमा बराबर जस्तै छ ।

नेपालभन्दा भारतमा मूल्य सस्तो भएपछि नेपाली नम्बरप्लेटका सवारीसाधनले सीमापारि इन्धन भर्ने गरेका कारण र साउन महिनामा सडक तथा पूर्वाधार निर्माणको काम न्यून हुँदा खपत घटेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :भाद्र १३, २०७९ सोमवार - ०९:०३:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology