देवचन्द्र भट्ट, नुवाकोट । नुवाकोटको विभिन्न स्थानमा रोपिएका धानमा गवारोको प्रकोप देखिएको छ । जिल्लाको बेलकोटगढी नगरपालिकाले विभिन्न स्थानमा रोपिएको धानमा गवारो किराको प्रकोप देखिएको हो ।
यसको नियन्त्रणका लागि पालिकाले प्राविधिक टोली परिचालन गरेको छ । प्राविधिकको अध्ययनअनुसार गवारो किराले धानको गुवो खाएर बाली पहेँलो हुन थालेको किसानहरूको भनाइ छ ।
पालिकाको कृषि शाखाकाअनुसार किरा फैलिएका स्थानको पहिचान गरेर प्राकृतिक उपाय तथा जैविक विषादीमार्फत नियन्त्रणको प्रयास भइरहेको छ ।
गवारो किराको प्रकोप सबैभन्दा धेरै बेलकोटगढी नगरपालिका–२ र ३ स्थित कुमरीको सयौँ रोपनी क्षेत्रफलमा लगाईको धानमा फैलिएको कृषि शाखा प्रमुख दामोदार दाहालले जानकारी दिनुभयो ।