Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बीमा

विश्वास गुमाउदै इन्स्योरेन्स कम्पनी, बीमितलाई भुक्तानी गर्दा झन्झट दिदैं

विश्वास गुमाउदै इन्स्योरेन्स कम्पनी, बीमितलाई भुक्तानी गर्दा झन्झट दिदैं

रासस

१३, भाद्र २०७९
विश्वास गुमाउदै इन्स्योरेन्स कम्पनी, बीमितलाई भुक्तानी गर्दा झन्झट दिदैं
images

काठमाडौँ । केही समयअघि एक सार्वजनिक कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीले बीमा क्षेत्रको विश्वासनियता गुमाउँदै गएको बताए ।

images
images

उनले भनेजस्तै यस्ता कम्पनीले आफ्ना ग्राहक वा बीमितलाई बीमा गराउनका लागि जुन प्रकारले पहल गराएका हुन्छन् तर दाबी भुक्तानीका सन्दर्भमा भने अनेक झन्झट दिने गरेका छन् । कम्पनीले दाबी परेपछि वर्षौंसम्म बीमितलाई अल्झाएर राख्ने र दाबी भुक्तानी समयमा नै नगर्ने भएका कारण बीमा कम्पनीप्रति जनविश्वास कम हुँदै गएको सरोकारवाला बताउँछन् ।

बीमा कम्पनी र ‘सर्भेयर’को मिलोमतोको कारण जलविद्युत् कम्पनी समस्यामा पर्न थालेका छन् । कम्पनीले विभिन्न कारणले क्षति पुगेका जलविद्युतमा खटाएका सर्भेयरले कम्पनीको निर्देशनमा ढिलो गरी विवरण दिने र कतिपय अवस्थामा प्रतिवेदन नै नदिने गरेको पाइएको छ ।

बीमा गराएबापत प्रिमियम तिर्नका लागि पटक–पटक ताकेता गर्ने बीमा कम्पनी दुर्घटना तथा क्षतिको भुक्तानीका लागि भने अनेक झन्झट देखाउने गरेका छन् ।

बीमा गराउन विभिन्न कसरत र उपाय गराउने बीमा कम्पनीले भुक्तानीमा भने विभिन्न कारण देखाउँदै भुक्तानीमा आनाकानी गर्ने गरेका जनाइएको छ । बीमा गराउनुअघि विभिन्न प्रलोभन देखाउने र बीमा भुक्तानीको लागि भने विभिन्न कारण तथा पत्र नपुगेको सर्भेयरले प्रतिवेदन नदिएको लगायतका कारण बीमा कम्पनीले गरेका छन् ।

यस्तै पछिल्लो पटक नेको इन्स्योरेन्सले एक जलविद्युत कम्पनीलाई क्षति हुँदा झन्डै एक वर्षसम्म पनि बीमा रकम भुक्तानी गरेको छैन । क्षति भएको कम्पनीले सबै कागजी प्रक्रिया पूरा गर्दा पनि झन्डै एक वर्षसम्म बीमा दाबी भुक्तान नगरेको हो ।

गत वर्ष २०७८ कात्तिक २ गते आएको बेमौसमी बाढीले इलाममा रहेको सगरमाथा जलविद्युत कम्पनीअन्तर्गत रहेको सुपार माइ ए ९.६ जलविद्युत् तथा सुपरमाइ क्यासकेड ३ मेगावाट जलविद्युत् आयोजनालाई बाढीले नराम्रोसँग क्षति पु¥यायो । बाढीले जलविद्युत्मा क्षति भएपछि कम्पनीले बीमा गरेको कम्पनी नेको इन्स्योरेन्सलाई क्षतिको जानकारीसहित कम्पनीले दाबी भुक्तानीको लागि चाहिने प्रक्रिया पूरा गरेर ‘डकुमेन्ट’ पठाएको ११ महिना लाग्दासमेत नेको इन्स्योरेन्सले बीमा दाबी भुक्तान नगरेको कम्पनीले जनाएको छ ।

क्षति भएका दुई जलविद्युत् कम्पनीले बीमा दाबीको लागि कम्पनीले मागेका सबै कागजपत्र पठाउँदा पनि करिब एक वर्षसम्म क्षतिबापतको रकम नपाएको कम्पनीका व्यवस्थापक सन्दीप अधिकारीले जानकारी दिए । प्रत्येक वर्ष महँगो प्रिमियम तिर्नुपर्ने दुर्घटना तथा क्षति भएका अवस्थामा बीमा गराउने कम्पनीले समयमै भुक्तानी नदिँदा यस्ता जलविद्युत् कम्पनीले करोडौँ क्षति हुने गरेको जनाइएको छ ।

“हामीले समयमै कम्पनीले मागेको सम्पूर्ण कागजपत्र दिँदा पनि कम्पनीले हालसम्म पनि सर्वेयरले प्रतिवेदन नदिएको जनाउँदै कम्पनी पन्छिने गरेको छ”, उनले भने । बीमा दाबीबापत दुई कम्पनीको गरी झन्डै रु सात करोड ५७ लाख ‘लस अफ प्रोफिट’ (एलओपी) बाहेक बीमा भुक्तानीको लागि पटक–पटक कम्पनीमा धाउँदा पनि नेको इन्स्योरेन्सले सर्भेयरबाट प्रतिवेदन नआएको र सर्भेयरले प्रतिवेदन दिएको केही दिनमा नै काम हुने भन्दै जवाफ दिने गरेको कम्पनीको गुनासो छ ।

 

images
प्रकाशित मिति :भाद्र १३, २०७९ सोमवार - ०८:२९:१८ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology