Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

प्रचण्डको चुनावी कमाण्डर रेनु दाहाल

प्रचण्डको चुनावी कमाण्डर रेनु दाहाल

इच्छाकामना न्युज

१३, भाद्र २०७९
प्रचण्डको चुनावी कमाण्डर रेनु दाहाल

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चुनावी कमाण्डर रेनु दाहाल तोकिएकी छन्। आइतबार बसेको माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको बैठकले रेनुलाई चितवन क्षेत्र नं ३ को जिम्मेवारी दिएको हो। प्रचण्ड चितवन क्षेत्र नं ३ का सांसद हुन्। मंसिर ४ मा हुने संसदीय चुनावमा उनले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्।

images

रेनु भरतपुर महानगरकी मेयर हुन्। प्रचण्डकी छोरी रेनु माओवादी चितवनकी इन्चार्जसमेत हुन्। भरतपुर महानगरका वडाहरू चितवन क्षेत्र नं २ र क्षेत्र नं ३ मा बाँडिएका छन्। वडा नम्बर ६, ८, ९ र १३ देखि २८ क्षेत्र नम्बर ३ पर्छन्। बैठकमा रेनुले चितवन क्षेत्र नं ३ बाट प्रचण्डको मात्रै नाम सिफारिस भएको जानकारी समेत गराएकी थिइन्।

 

images
प्रकाशित मिति :भाद्र १३, २०७९ सोमवार - ०८:२३:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology