Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

अब हामीले बुझ्न जरुरी छ, गुरुङको आफ्नै मौलिक धर्म संस्कार र संस्कृति छः अध्यक्ष गुरुङ

अब हामीले बुझ्न जरुरी छ, गुरुङको आफ्नै मौलिक धर्म संस्कार र संस्कृति छः अध्यक्ष गुरुङ

images

इच्छाकामना न्युज

११, पौष २०७७
अब हामीले बुझ्न जरुरी छ, गुरुङको आफ्नै मौलिक धर्म संस्कार र संस्कृति छः अध्यक्ष गुरुङ
images

चितवन, ११ पुस । गुरुङ समुदायको आफ्नै मौलिक धर्म संस्कार र संस्कृति रहेकोले सबै गुरुङ समुदायले अब यो कुरा बुझ्न जरुरी रहेको तमु प्ये ल्हु संघ नेपालका अध्यक्ष हितकाजी गुरुङले बताउनुभएको छ। तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनले आज नारायणी नदि किनारमा आयोजना गरिएको बृहत तमु ल्होसार तथा जनगणनामा बोन धर्म लेखौ लेखाऔ अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोन्धन गर्दै संघका अध्यक्ष गुरुङले यस्तो बताउनुभएको हो। 

IMG_8951.jpg
कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले गुरुङको कुनै पनि देउता नहुने भन्दै कुल पितृ नै गुरुङको देउता रहेको बताउनुभयो। गुरुङ समुदायले देउताको रुपमा आफ्नै कुल पितृलाई पुज्ने गरेको साथै प्रकृतिलाई पुजा गर्ने रहेकोले समुदायको आफ्नो मौलिक धर्म वोन रहेकोले अब समुदायले यो कुरा बुभ्mन जरुरी रहेको बताउनुभयो। ‘हाम्रो आफ्नै मौलिक धर्म संस्कार संस्कृति रहेको छ त्यसैले अरु धर्मको सहारा लिन जरुरी छैन’ –उहाँले भन्नुभयो।

IMG_8987.jpg
उहाँले तमु जातिले आफ्नो धर्म, संस्कार, पहिचान बुझ्नु पर्ने बेला आएको र अबका दिनमा नअल्मलिन आग्रह गर्नुभयो। हाम्रो बाटो र संस्कारले, पहिचान र मौलिकतालाई ठूलो आधार बनाएकोले यसैमा गर्व गर्नु पर्ने उहाँले बताउनुभयो। सम्बोन्धनकै क्रममा उहाँले आफ्नो इतिहास, मौलिकता, पुरोहित तथा चाडपर्वलाई हामीले बिर्सन नहुने जिकिर गर्नुभयो। आदिमकालदेखिको इतिहासलाई अहिलेको पुस्ताले बिर्सिएको उहाँले आरोप पनि लगाउनुभयो। मौलिकता र प्रकृति गुरुङको धर्म भएको र यसलाई नै मान्न उहाँले जोड दिनुभयो।

IMG_8992.jpg
यस्तै केन्द्रीय अध्यक्ष गुरुङले आगामी वर्ष नेपालमा हुने २०७८ सालको राष्ट्रिय जनगणनामा सबै गुरुङहरुलाई धर्मको महलमा वोन धर्म लेख्न आग्रह गर्नुभयो। उहाँले अब हुने जनगणनामा सबै गुरुङ समुदायले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरि आफ्नो मौलिक धर्मलाई स्थापित गराउन बोनधर्म लेखाउनु पर्नेमा जोड दिनुभयो।

IMG_8984.jpg
यसैगरी कार्यक्रममा विशिष्ट अतिथि रहनुभएका तमु प्ये ल्हु संघ नेपालका केन्द्रीय महासचिव हर्क गुरुङले २०७८ सालमा हुन गैरहेको राष्ट्रिय जनगणनामा गुरुङहरुको धर्म बोन लेखाउन तमु प्ये ल्हु संघ चितवनले गरेका अभियानहरुको खुलेर प्रशंसा गर्नुभयो। संघको जति पनि भएका शाखाहरु मध्य चितवन जिल्ला समितिले बोन धर्म लेख्नेलेखाउने अभियानमा गरेको काम अहिलेसम्मकै उत्कृष्ट रहेको उहाँले बताउनुभयो। ‘यो अभियानमा चितवनले आफु अघिअघि बढेर अरुलाई समेत झकझकाउदै पछि पछि हिड्न लगाएको छ’ –उहाँले भन्नुभयो। 
कार्यक्रममा बागमती प्रदेशका सभासद तथा राष्ट्रिय सभाका सदस्य रिना गुरुङ, पूर्व आईजीपी हेमबहादुर गुरुङ, पूर्वमन्त्री इन्द्रबहादुर गुरुङ, तमु प्ये ल्हु संघ नेपालका केन्द्रीय महासचिव हर्क गुरुङ लगायतले  शुभकामना मन्तव्य दिनुभएको थियो ।

IMG_8995.jpg
यस्तै संघले संचालन गरेको अभियानलाई विभिन्न संचार माध्यममा समाचार प्रकाशन गरेर संसारभर पु¥याउने काम गरेको भन्दै तमु ल्होसारको अवसरमा राससका चितवन प्रतिनिधी पत्रकार हिरालाल गुरुङ सम्मान पत्र र फेटाले सम्मान गरेको थियो भने तमु सांस्कृतिक प्रतिष्ठान मार्फत ४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण समेत गरिएको थियो । कार्यक्रममा तमु प्ये ल्हु संघ चितवनका सांस्कृतिक विभागका कलाकारहरुले मौलिक सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेको थियो।

IMG_9006.jpg
कार्यक्रम संघका चितवन अध्यक्ष जगतबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन सचिव विक्रम गुरुङले गरेका थिए ।

IMG_9016.jpgIMG_9022.jpg

images
प्रकाशित मिति :पौष ११, २०७७ शनिवार - २०:०४:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology