Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रदेश सभासदमा बन्दिपुरका रेशम गुरुङको तयारी

प्रदेश सभासदमा बन्दिपुरका रेशम गुरुङको तयारी

इच्छाकामना न्युज

११, भाद्र २०७९
प्रदेश सभासदमा बन्दिपुरका रेशम गुरुङको तयारी
images

दमौली । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई लामो समयदेखि साथ दिए पनि अवसरबाट भने बञ्चित रहँदै आएका कांग्रेस तनहुँका महाधिवेशन प्रतिनिधि रेशम गुरुङले प्रदेश सभासदको दौड थालेका छन् ।

images
images

बन्दीपुरको जनजाति समुदायमाझ बलियो पकड बनाएका गुरुङले राजनीतिको शुरुवातदेखि नै पौडेललाई साथ दिंदै आएका छन् । गत २०७४ र २०७९ को स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षको टिकट आशा गरे पनि नपाएका पूर्व जिल्ला कोषाध्यक्ष गुरुङ यसपाली भने प्रदेश सभा निर्वाचनमा लड्ने मुडमा छन् ।

आफ्नै सहोदर दाजु सुकुमलाल गुरुङ पौडेलका प्रतिद्वन्द्वी गोविन्दराज जोशी पक्षधर भए पनि रेशमले भने पौडेललाई नै साथ दिइरहेका छन् । पौडेलनिकट भए पनि राजनीतिक अवसरबाट बञ्चित उनले यसपाली भने प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् । तर, प्रदेश १ ‘ख’का उनी प्रत्यक्ष लड्ने मुडमा भए पनि सम्भावित गठबन्धनका आधारमा उनको क्षेत्र माओवादीको पोल्टामा जाने देखिए पछि उनी समानुपातिक बाटोबाट भए पनि सभासद बन्ने योजनामा छन् ।

आफूले पौडेललाई हरेक अप्ठेरामा साथ दिएकाले उनले पनि आफूलाई साथ दिने गुरुङको विश्वास छ । गत निर्वाचनमा जनजाति समुदायको साथ नभएका कारण चुनाव जित्नसमेत कठिन भएको ठानिएकाले कांग्रेसले यसपाली जनजाति समुदायलाई समेटेर लैजाने योजना बनाएको छ । र, प्रदेश सभा निर्वाचनमा त्यो सम्भावना अझ बढी हुने बताइन्छ ।

 

images
प्रकाशित मिति :भाद्र ११, २०७९ शनिवार - २२:१७:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology