Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेको केन्द्रीय कमिटिको बैठक आजपनि जारी रहने

एमालेको केन्द्रीय कमिटिको बैठक आजपनि जारी रहने

इच्छाकामना न्युज

११, भाद्र २०७९
एमालेको केन्द्रीय कमिटिको बैठक आजपनि जारी रहने
images

काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक आजपनि जारी रहने भएको छ । हिजोबाट पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको पूर्ण बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल हुनेछ ।

images
images

नेता शेरबहादुर तामाङले अध्यक्ष ओलीले पेश गर्नुभएको  राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरू ९ समूहमा विभाजन भएर छलफल भइरहेको र आजपनि निरन्तरता दिइने बताउनुभयो ।

हिजो सुरु भएको बैठकमा अध्यक्ष ओलीले पेश गर्नुभएको प्रतिवेदनमा राष्ट्रिय राजनीतिलाई गलत दिशामा जानबाट रोक्न र राष्ट्रहितको रक्षा, लोकतन्त्रको सुदृढिकरण, समृद्धिको अभियानको निरन्तरताका साथै जनतामा बढ्न थालेको नैराश्य र हताशालाई चिर्दै उज्जल भविष्यको आशावाद निर्माण गर्न पार्टीले निर्णायक भूमिका खेल्न जरुरी रहेको पनि उल्लेख छ । 

 

images
प्रकाशित मिति :भाद्र ११, २०७९ शनिवार - ०९:३३:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology