काठमाण्डौ । पछिल्लो ५ वर्षमा नेपालको सार्वजनिक ऋण दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा ९ खर्ब १६ अर्ब रहेको सार्वजनिक ऋण आर्थिक वर्ष २०७८/७९ को अन्तिममा आइपुग्दा २० खर्ब ११ अर्ब ५८ करोड पुगेको हो ।
नेपाल राष्ट्र बैंकको २०७८/७९ को वार्षिक तथ्याङ्क अनुसार गत आवसम्म आइपुग्दा नेपालको आन्तरिक ऋण ९ खर्ब ८४ अर्ब २८ करोड रूपैयाँ रहेको छ । वैदेशिक ऋण भने १० खर्ब २७ अर्ब २९ करोड रूपैयाँ पुगेको छ ।
नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको तुलनामा ४१ दशमलब ५ प्रतिशत पुगिसकेको छ । यसमध्ये वैदेशिक ऋणको हिस्सा मात्र जीडीपीको २१ शशमलब २ प्रतिशत पुगेको छ ।
अर्थ मन्त्रालयका अनुसार भूकम्प पछिको पुनर्निर्माणका लागि वैदेशिक ऋण बढ्न थालेको हो । यसमा कोरोनाकालपछि सहायता अझ बढ्न पुगेको छ ।