Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

भदौ अन्तिम सातादेखि यसवर्षको चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्ने 

भदौ अन्तिम सातादेखि यसवर्षको चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्ने 

images

इच्छाकामना न्युज

११, भाद्र २०७९
भदौ अन्तिम सातादेखि यसवर्षको चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्ने 
images

काठमाण्डौ । दसैँ–तिहार विशेष चाडपर्व लक्षित सुपथ मूल्य पसल यस वर्ष भदौ अन्तिम सातादेखि खुल्ने भएको छ । व्यापारिक दुई सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ अन्तिम सातादेखि चाडपर्व विशेष सुपथ पसल सञ्चालन गर्ने तयारी गरेका हुन् ।

यद्यपि, यस वर्ष नयाँ स्थानमा अल्पकालीन सुपथ पसल भने खुल्ने छैनन् । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्नै नियमित ६ वटा पसलबाटै सुपथ सेवा प्रदान गर्नेछ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि आफ्नै नियमित पसलहरुबाटै सुपथ पसल सञ्चालन गर्ने छ ।

काठमाडौं उपत्यका भित्रका चार स्थान थापाथली, सिंहदरबार, नख्खु र भक्तपुरको सूर्यविनायकबाटै खाद्यले सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । 

images
प्रकाशित मिति :भाद्र ११, २०७९ शनिवार - ०९:२९:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology