Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

एमालेको पोलिट्ब्युरो बैठक आज ११ बजे बस्दै

एमालेको पोलिट्ब्युरो बैठक आज ११ बजे बस्दै

images

इच्छाकामना न्युज

९, भाद्र २०७९
एमालेको पोलिट्ब्युरो बैठक आज ११ बजे बस्दै
images

काठमाण्डौ । नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ । बैठकमा भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीको पाँचौं बैठकका एजेण्डा र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुनेछ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे पोलिटव्युरोलाई जानकारी गराउनु हुनेछ ।

आगामी मङ्सिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेको नेकपा एमालेले चरणबद्ध बैठकहरू राखेको छ । ७ भदौमा स्थायी कमिटी बैठक राखेको एमालेले आज ९ गते पोलिटब्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाएको छ ।

एमालेले अध्यक्ष ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटीसमेत गठन गरिसकेको छ ।पार्टी कमिटीका चरणबद्ध बैठक रहेको भन्दै एमालेले आग्रह गरे अनुसार प्रतिनिधि सभा बैठक पनि भदौ १३ गतेसम्म स्थगित गरिएको छ ।

images
प्रकाशित मिति :भाद्र ९, २०७९ बिहिवार - १०:११:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology