Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

खोप लगाउन छुटेकालाई अनिवार्य खोप लगाउन सरकारको आग्रह 

खोप लगाउन छुटेकालाई अनिवार्य खोप लगाउन सरकारको आग्रह 

इच्छाकामना न्युज

९, भाद्र २०७९
खोप लगाउन छुटेकालाई अनिवार्य खोप लगाउन सरकारको आग्रह 
images

काठमाण्डौ । नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ । देशभर नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या ४ देखि ६ सयको दरमा झरेको र निको हुने दर बढ्न थालेपछि सक्रिय सङ्क्रमितकासङ्ख्या घट्न थालेको हो ।

images
images

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २ सय ९८ रहेको छ । भदौ ३ मा देशभर ५ हजार२४ सक्रिय सङ्क्रमित रहेकोमा पछिल्लो समय त्यो सङ्ख्या निरन्तर घट्दै गएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

यसैबीच, मन्त्रालयले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले रोगलाई वेवास्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.सञ्जय कुमार ठाकुरले कोरोनाविरुद्धको खोप लगाउनेमा मृत्यु हुने र जटिलता हुने सम्भावना न्यून हुने गरेकाले अनिवार्य कोरोनाविरुद्धको खोप लगाउन आग्रह गर्नुभयो ।

प्रवक्ता ठाकुरले भदौ ५ गतेबाट ११ गतेसम्म ५ वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइरहेको हुँदा अनिवार्य रुपमा आफ्ना बालबालिकालकाई खोप लगाउन आग्रह गर्नुभयो । उहाँले कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई पनि सम्बन्धित वडाका स्वास्थ्य संस्थामा गएर खोप लगाउन पनि भन्नुभयो ।

मन्त्रालयका अनुसार हालसम्म देशभर ७३ प्रतिशतले पूर्णमात्र खोप लगाइसकेका छन् भने ७५ प्रतिशले एक मात्रा खोप लगाइसकेका छन् ।

images
प्रकाशित मिति :भाद्र ९, २०७९ बिहिवार - १०:०८:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology