काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा वैदेशिक व्यापारका सबै सूचकमा कमी आएको छ । भन्सार विभागका अनुसार साउनमा नेपालले एक खर्ब ३१ अर्ब २८ करोड रुपैयाँको सामान आयात गरेको छ । यो अघिल्लो वर्षको साउन महिनाको तुलनामा १२ दशमलव ९० प्रतिशतले कमी हो ।
यस्तै साउनमा १४ अर्ब ८० करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो अघिल्लो वर्षको साउनको तुलनामा २८ दशमलव ६८ प्रतिशतले कमी हो । विदेशी मुुद्रामा चाप बढेपछि सरकारले १० वटा वस्तुुमा प्रतिबन्ध लगाएको छ ।
यसले कम आयात हुुँदा आर्थिक चाप पनि घटेको भन्सार विभागका सूूचना अधिकारी पूूण्यविक्रम खड्काले सीआईएनसँग बताउनुुभयो । उहाँका अनुसार साउनमा मात्रै ११ अर्बको घ्यू तेल, २५ अर्बको पेट्रोलियम पदार्थ लगायतका वस्तु आयात भएका छन् ।