Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

वर्षा कम हुँदा ८७ हजार हेक्टरभन्दा बढी धान खेत बाँझो 

वर्षा कम हुँदा ८७ हजार हेक्टरभन्दा बढी धान खेत बाँझो 

images

इच्छाकामना न्युज

९, भाद्र २०७९
वर्षा कम हुँदा ८७ हजार हेक्टरभन्दा बढी धान खेत बाँझो 
images

अविनाश आचार्य, काठमाडौँ । यो वर्ष देशभरि नै औषतभन्दा कम वर्षा हुँदा आकाशे पानीको भरमा खेती गर्नुपर्ने किसान मर्कामा परेका छन् । देशभर १५ लाख ४ हजार ४ सय ८६ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा ८७ हजार तीन सय ५४ हेक्टर जमिन बाँझै बनेको कृषि विभागले जनाएको छ ।  अन्न भण्डार मानिने मधेस प्रदेशमा ७ प्रतिशत जमिनमा यस वर्ष रोपार्इं हुन पाएन भने रोपार्इँ भएको क्षेत्रमा पनि पर्याप्त पानी नपरेका कारण सर्न लागेका धानका बेर्ना फेरि मर्न लागेको छ ।

जेनतेन रोपाईं भएको ठाउँमा सिँचाइ अभावले धानको बोटै मर्ने अवस्थामा पुगेको किसानहरू बताउँछन् । कृषि विभागको तथ्याङ्क अनुसार देशभर लगभग ९४ प्रतिशत स्थानमा रोपाईँ भएको छ । एकातिर धान रोप्नै नपाएको चिन्ता छ अर्कोतिर रोपेको धान पनि खडेरीका कारण जोगाउन मुस्किल भएको किसानको दुखेसो छ । हालसम्म पानीको अभावमा रोपाईं गर्न नपाएकाहरू अब पानी परेकै खण्डमा समेत रोपाईँ गर्ने कि नगर्ने भन्ने अन्यौलमा छन् ।

कृषि विज्ञका अनुसार धानको बीउ राखेको २० देखि २५ दिनमा बेर्ना तीन पाते हुन्छ । सो समय नै धान रोपाईँको उपयुक्त समय हो । त्यसपछि हरेक दिन बीउको गुणस्तर कमजोर हुँदै जान्छ ।

त्यसैले अब पानी परिहालेमा पनि धान रोपेर उत्पादन सोचे अनुसारको लिन नसकिने भएकाले धानको सट्टामा सोही जमिनमा हुने वैकल्पिक खेती गर्न विज्ञहरूको सुझाव छ । खडेरीका कारण यसपटक धानको उत्पादनमा पनि कमी आउने अनुमान गरिएको छ । 

images
प्रकाशित मिति :भाद्र ९, २०७९ बिहिवार - १०:०३:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology