Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

शनिवारे हाट बजारले सिन्धुपाल्चोक भोताङका महिलालाई आत्मनिर्भर बनाउँदै 

शनिवारे हाट बजारले सिन्धुपाल्चोक भोताङका महिलालाई आत्मनिर्भर बनाउँदै 

images

इच्छाकामना न्युज

९, भाद्र २०७९
शनिवारे हाट बजारले सिन्धुपाल्चोक भोताङका महिलालाई आत्मनिर्भर बनाउँदै 
images

सागर खड्का, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको दुर्गम गाउँ पाँचपोखरी थाङपाल गाउँपालिका भोताङका महिलालाई हाट बजारले आत्मनिर्भर बनाएको छ । तामाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रका महिला हाटबजार चलाउन सक्रिय छन् ।

यसले स्थानीय उत्पादनको खरिद बिक्री हुने गरेको छ भने महिलाहरूलाई आत्मनिर्भर पनि बनाएको छ । पर्यटकको रोजाईमा पर्ने पाँचपोखरीसम्म पुग्ने बाटोमै भोताङको यार्सा बस्ती पर्ने गरेको छ । मुख्य बाटोको छेउमै बनाइएको फलामे ट्रस्टको घरमा स्थानीय महिलाले प्रत्येक शनिवार हाटबजार चलाउने गरेका छन् ।

९ सयभन्दा बढी घरधुरी रहेको वस्तीका महिला काउली, बन्दा, खुर्सानी, गोलभेँडा जस्ता तरकारी, फलफुल लगायत आफ्ना घरेलु उत्पादनहरू बिक्री गर्न हाटबजारसम्म आउने गरेका छन् । परम्परागत खेती मात्रै गर्दै आएका भोताङबासीले हाटबजार चलाएपछि गाउँमा आवश्यक हुने सबै प्रकारका तरकारीको उत्पादन बढेको छ ।

वर्र्षौँदेखि बाँझो रहेको जमिनमा अन्न तरकारी फलाउन थालिएको छ । स्थानीय महिलाले आपूmसँग नभएको किन्ने र भएको उतपादन बेच्ने बानी बसालेका छन् । हाटबजारले आर्थिक उन्नतीमा समेत टेवा पुगेकोे स्थानीयवासी कमला तामाङले बताउनुभयो । स्थानीयको जीवनस्तर परिवर्तन गर्ने उद्देश्यले हाटबजार सञ्चालन गर्न सङ्घसंस्था लगायत गाउँपालिकाले पनि सहयोग गरेको छ ।

गाउँमा उत्पादित वस्तुलाई बिक्री गर्ने परम्परा बसेको छ । जसले गर्दा दुर्गम ठाउँका महिलालाई उद्यमशिल बनाएको छ भने अन्य ठाउँका मानिसलाई पनि सिकाई भएको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष ङिमाछिरीङ तामाङले बताउनुभयो । दुर्गम ठाउँमा हाटबजार सञ्चालनपछि स्थानीय उत्पादनले बजार पाउँदा महिलाहरू आर्थिक रुपले सबल र आत्मनिर्भर बन्न थालेका छन् । साथै उनीहरू मेहेनती र उद्यमशील पनि बनेका छन् । 

images
प्रकाशित मिति :भाद्र ९, २०७९ बिहिवार - १०:०२:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology