Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी सुरु 

प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी सुरु 

images

इच्छाकामना न्युज

८, भाद्र २०७९
प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी सुरु 
images

काठमाण्डौ । मङ्सिर ४ का लागि घोषणा भएको प्रदेश र प्रतिनिधि सभा सदस्य चुनाव आउन तीन महिना भन्दा पनि कम समय बाँकी रहँदा चुनावी सरगर्मी सुरु भईसकेको छ । सत्तारुढ पाँच दलीय गठबन्धनले मिलेर चुनाव लड्ने निर्णय गरेका छन् भने प्रतिपक्षी एमाले तालमेलका लागि सारथी खोजिरहेको छ ।

स्थानीय चुनावमा युवाहरूको उत्साहजनक उपस्थिति देखिएपछि, उमेर ढल्किसकेका नेताहरू यसपालीको चुनावमा दबाबमा देखिएका छन् ।आउँदो चुनावका लागि गठबन्धन गर्ने निर्णय गरेका काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता निर्वाचन क्षेत्र जुध्ने झमेलाबाट परै देखिए पनि उनिहरूलाई दोस्रो र तेस्रो पुस्ताका नेता व्यवस्थापनमा भने सकस देखिएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा परम्परागत निर्वाचन क्षेत्र डडेलधुराबाटै उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । कतिपयले देउवा यसपटक कञ्चनपुरबाट उठ्ने चर्चा पनि चलाएका छन् । तर गठबन्धन कायमै हुँदा वा नहुँदा पनि देउवाका लागि सबैभन्दा सुरक्षित क्षेत्र डडेल्धुरा मानिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुरानै निर्वाचन क्षेत्र झापा ५ बाटै चुनाव लड्दै हुनुहुन्छ ।

स्थानीय चुनाबमा दमक नगरपालिकामा पराजय ब्यहोरे पनि अरु पालिकामा आएको मतले ओलीका लागि यो क्षेत्र नै सुरक्षित देखिन्छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि चितवन ३ बाट पुनः चुनाव लड्ने तयारीमा हुनुहुन्छ ।

पछिल्लो स्थानीय तह निर्वाचनलेसो क्षेत्रमा माओवादी केन्द्रको मत बढेको देखाएको छ । सत्ता गठबन्धनको तेस्रो घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यसपटक काठमाडौँ २ छाडेर रौतहट फर्किने तयारीमा हुनुहुन्छ । 

images
प्रकाशित मिति :भाद्र ८, २०७९ बुधवार - ०९:३९:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology