Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

कृषि वन

वन क्षेत्र कृषि वनको रुपमा परिणत हुँदै, नागरिक उत्साहित 

वन क्षेत्र कृषि वनको रुपमा परिणत हुँदै, नागरिक उत्साहित 

images

सिआईएन

७, भाद्र २०७९
वन क्षेत्र कृषि वनको रुपमा परिणत हुँदै, नागरिक उत्साहित 
images

उषा तामाङ, काठमाडौँ । वनक्षेत्रमार्फत सामूहिक कृषि खेती गर्न सकिने सरकारले बाटो खोलिदिएपछि केही स्थानमा यसको अभ्यास सुरु भएको छ । सरकारले वन क्षेत्रमा कृषि वन प्रणाली अवलम्बन गर्न ऐन, नियमावली तथा नीतिमा नै व्यवस्था गरेपछि उपभोक्ताहरू उत्साहित भएका छन् । वन नीति २०७५, वन ऐन २०७६, वन नियमावली २०७९ मा वन क्षेत्रलाई कृषि वन, पर्यापर्यटन र उद्यमसँग जोड्ने उल्लेख छ ।

जसको आधारमा वनमा सामूहिक खेती सुरु गरिएको लमजुङका डोलकुमारी सापकोटाले बताउनुभयो । वन ऐन २०७६ मा वन क्षेत्रको जग्गामा भू–उपयोगमा परिवर्तन नहुने गरि तोकिए बमोजिम कृषि वन प्रणाली अवलम्बन गर्न सकिने उल्लेख छ ।

वनबाट समुदायले आर्थिक समृद्धि प्राप्त गर्न सक्ने गरि अवधारणा आएपछि वनमा जडिबुटी र फलफूल खेती गर्नेक्रम बढिरहेको छ । एउटै जग्गामा वहुवर्षीय रुख प्रजातिका साथै अन्नबाली वा फलपूmल तथा घाँसेबाली, मत्स्यपालन वा पशुपालनका लागि एकीकृत रुपमा खेती गर्ने प्रणालीलाई नै कृषि वन भनिन्छ ।

यसरी खेती गर्दा वन क्षेत्र मास्न पाइँदैन भने उत्पादन दिइरहने खालको जडीबुटी वा फलफूलका बिरुवा रोप्नु पर्छ । वन क्षेत्रलाई कृषिमा पनि जोड्न सके यसले समुदायको गरिबी हटाइ जीवनस्तर उकास्न सहयोग पु¥याउने वन क्षेत्रका जानकार दिलराज खनालले बताउनुभयो ।

देशभरका १ करोड ४० लाख व्यक्ति सामुदायिक वनको व्यवस्थापन र संरक्षण गर्न खटिएको तथ्याङ्क छ । हरेक किसिमको वनलाई कृषि र पर्यटनसँग जोड्न सके देशकै अर्थतन्त्रमा टेवा पुग्न सक्ने जानकारहरू बताउँछन् । 

images
प्रकाशित मिति :भाद्र ७, २०७९ मंगलवार - ०९:११:०८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology