Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

अवैध लागुऔषध गाँजा सहित मुग्लिन पुलजिपबाट ५ जना पक्राउ

अवैध लागुऔषध गाँजा सहित मुग्लिन पुलजिपबाट ५ जना पक्राउ

इच्छाकामना न्युज

६, भाद्र २०७९
अवैध लागुऔषध गाँजा सहित मुग्लिन पुलजिपबाट ५ जना पक्राउ

आँबुखैरेनी । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी ४ बेनिटारमा रहेको अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपले चेकजाँचको क्रममा ५ जनालाई अवैध लागुऔषध गाँजा सहित पक्राउ गरेको छ। प्रहरीले उनीहरुलाई शुक्रबार र शनिबार पक्राउ गरेको हो।

images

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार धादिङबाट पोखरातर्फ आउँदै गरेको ग १९ प १०९५ नं. को मोटरसाईकललाई शुक्रबार चेकजाँच गर्ने क्रममा १ किलो ५ सय ५० ग्राम गाँजा सहित धादिङ ज्वालामुखि गाउँपालिका २ का २९ वर्षीय पुष्कर तामाङ र २२ वर्षीय सुन्दर तामाङलाई पक्राउ गरिएको छ।

यस्तै काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको बा २ ख २६७१ नं. को माईक्रो बसलाई चेकजाँच गर्ने क्रममा उक्त माईक्रो बसको छतमा फेला परेको झोला भित्रबाट ५ किलो ४ सय ग्राम अवैध लागुऔषध गाँजा फेला परेको र बसका सहचालक तनहुँ घिरिङ गाउँपालिका ४ जितपुर बस्ने वर्ष २० को नगर बहादुर थापालई नियन्त्रणमा लिई सोधपुछ गर्दा कास्की जिल्ला पोखरा महानगरपालिका ८ रत्नचोक बस्ने वर्ष ४६ को रमेश थापा र वर्ष २५ को सुदिप गुरुङको रहेको खुल्न आएकोलेले वडा प्रहरी कार्यालय बैदामसँगको समन्वयमा ३ जनालाई बिहिबारै पक्राउ गरिएको छ। 

पक्राउ परेकाहरुलाई जिल्ला अदालत तनहुँमा आईतबार पेश गरि १२ दिनको म्याद थप गरि अनुसन्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । 

images
प्रकाशित मिति :भाद्र ६, २०७९ सोमवार - ०९:०६:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology