Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

वाईसीएलको केन्द्रीय समितिमा चितवनका ७ जना, कोषाध्यक्षमा पनेरु

वाईसीएलको केन्द्रीय समितिमा चितवनका ७ जना, कोषाध्यक्षमा पनेरु

इच्छाकामना न्युज

६, भाद्र २०७९
वाईसीएलको केन्द्रीय समितिमा चितवनका ७ जना, कोषाध्यक्षमा पनेरु

चितवन । नेकपा (माओवादी केन्द्र) निकट युवाहरुको संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल)को केन्द्रीय अध्यक्षमा सुवोध सेर्पाली चयन भएका छन् ।

images

आइतबार साँझ सर्वसम्मत रुपमा नेतृत्वय चयन गर्ने क्रममा सहसंयोजक रहेका सेर्पाली अध्यक्षमा चयन भएका हुन् । महासचिवमा गणेश शाही सर्वसम्मत चयन भएका छन् भने कोषाध्यक्षमा चितवनका सन्तोष पनेरु चयन भएका छन् । पनेरु लामो समयदेखि वाइसीएलमा सक्रिय रुपमा योगदान दिँदै आइरहेका छन् ।

वाइसीएलको केन्द्रीय कमिटीमा चितवनका अन्य पाँच जनाले स्थान बनाएका छन् । केन्द्रीय सदस्य तथा चितवन जिल्ला संयोजकको जिम्मेवारी राम गोदारले पाएका छन् केन्द्रीय सदस्यमा अविरल पोखरेल, किरण सुनार, विजय सिंह, आरसी मैनाली र प्रजित रुवाली चयन भएका छन् ।

images
प्रकाशित मिति :भाद्र ६, २०७९ सोमवार - ०८:०२:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology