Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
२०८३, कार्तिक १७ गते
images

आँबुखैरेनी विशेष

आफ्नै आन्तरिक स्रोतबाट विद्यालय नर्स कार्यक्रम सुरु गर्दै आँबुखैरेनी गाउँपालिका

आफ्नै आन्तरिक स्रोतबाट विद्यालय नर्स कार्यक्रम सुरु गर्दै आँबुखैरेनी गाउँपालिका

पहिलो चरणमा रामशाह माविबाट विद्यालय नर्स कार्यक्रम सुरु

images

इच्छाकामना न्युज

५, भाद्र २०७९
आफ्नै आन्तरिक स्रोतबाट विद्यालय नर्स कार्यक्रम सुरु गर्दै आँबुखैरेनी गाउँपालिका
images

आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिकाले विद्यालयमा नर्स कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले आफ्नै स्रोतबाट तलब खुवाउने गरी पहिलो पटक विद्यालयमा नर्स कार्यक्रम सुरुवात गरेको हो ।

आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयमा यो कार्यक्रम सुरुवात भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। गाउँपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई नर्स हस्तान्तरण गरेको छ ।

विद्यालयमा बालबालिका नियमित उपस्थित गराउन र विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन नर्स कार्यक्रम सुरुवात गरिएको अध्यक्ष चुमानले बताए।

सबैभन्दा बढी विद्यार्थी सङ्ख्या रहेको विद्यालयमा नर्स कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमप्रसाद उपाध्यायले जानकारी दिए। रामशाह माविमा करिब एक हजार आठ सय विद्यार्थी अध्ययनरत छन् । “गाउँपालिकासँग प्रत्यक्ष सम्पर्कमा रहेर नर्सले विद्यालयमा सेवा दिनुहुनेछ,” उपाध्यायले भने ।

विद्यालयमा नर्स भएपछि विद्यार्थीको स्वास्थ्यको ख्याल गर्नका लागि आलोपालो मिलाएर रक्तचाप नाप्ने, ज्वरो नाप्ने तथा स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने, स्वास्थ्य सचेतना दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु शर्माले जानकारी दिए ।

बालबालिका घर बाहेक बढी समय विद्यालयमा रहने भएकाले स्वास्थ्य समस्या पर्दा उपचार नहँुदा समस्या पर्न सक्ने भएकाले यो सुविधा प्रभावकारी हुने विश्वास गरिएको छ । नर्सले किशोर–किशोरीलाई प्रजनन्, परिवार नियोजन, महिनावारी स्वास्थ्य र यौन तथा यौनिकताका सन्दर्भमा समेत परामर्श दिने जनाइएको छ ।

images
प्रकाशित मिति :भाद्र ५, २०७९ आइतवार - २१:५७:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology