Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विप्लव निकट नेकपाको विद्यार्थी संगठनले बेनिघाट रोराङको च्यात्रामा बनायो विद्यालय

विप्लव निकट नेकपाको विद्यार्थी संगठनले बेनिघाट रोराङको च्यात्रामा बनायो विद्यालय

इच्छाकामना न्युज

४, भाद्र २०७९
विप्लव निकट नेकपाको विद्यार्थी संगठनले बेनिघाट रोराङको च्यात्रामा बनायो विद्यालय
images

धादिङ । बेनिघाट रोराङ गाँउपालिका वडा न. १ र २ को सिमानामा पर्ने चेपाङ–तामाङ बस्ती च्यात्रामा विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) ले निमार्ण गरेको “प्रज्वल स्मृति नमुना आधारभूत विद्यालय” भवन शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

images
images

नेकपा महासचिव समेत रहेको नेत्रविक्रम चन्द (विप्लव ) ले उक्त विद्यालय भवन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको भएपनि सुरक्षा थ्रेट देखाउँदै उनी आएनन् । अदालतले पक्राउ पुर्जी जारी गरे सँगै प्रहरीको खोजिमा रहेका विप्लव धादिङमा पनि त्यहि कारण नआएका स्रोतको दावी छ ।

chyatra2.jpg

विप्लवको उपस्थिति नभएपछि नेकपा केन्द्रिय सदस्य सन्देश पौडेल विद्यालय भवन उद्घाटन गर्न च्यात्रा पुगेका थिए । भवन उल्घाटन गर्दै उनले राज्यले नेकपा लाई प्रतिवन्ध लगाएको समयमा हामीले विद्यालय भवन बनाएका हौं । आफ्नो पार्टी सँधै जनताको साथमा रहेको र जन अपेक्षा अनुरुप अगाडी बढ्दै आएको दावी गरेका थिए ।

300183843_632945411581534_1010866521088910636_n.jpg

अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष प्रकाश शाहीको सभापतित्वमा भएको उक्त विद्यालय भवन उद्घाटन कार्याक्रममा को संचलन महासचिव ललित विक गरेका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थापलिया समेतको उपस्थििति रहेको अखिल क्रान्तिकारीका केन्द्रिय कार्यलय सदस्य तथा उपत्यका बिशेष क्षेत्र इन्चार्ज अटल शर्माले जानकारी दिए ।

 

images
प्रकाशित मिति :भाद्र ४, २०७९ शनिवार - ११:२२:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology