Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

संसदीय निर्वाचनको लागि दर्ता भएका राजनीतिक दलका निवेदन अध्ययन गर्दै निर्वाचन आयोग 

संसदीय निर्वाचनको लागि दर्ता भएका राजनीतिक दलका निवेदन अध्ययन गर्दै निर्वाचन आयोग 

इच्छाकामना न्युज

४, भाद्र २०७९
संसदीय निर्वाचनको लागि दर्ता भएका राजनीतिक दलका निवेदन अध्ययन गर्दै निर्वाचन आयोग 

काठमाण्डौ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने संसदीय निर्वाचनको लागि दर्ता भएका राजनीतिक दलका निवेदन अध्ययन गरिरहेको छ । आगामी निर्वाचन प्रयोजनका लागि आयोगमा ८४ दल दर्ता भएका छन् ।

images

ती दलहरूले दर्ताका लागि बुझाएको आवश्यक कागजात माथि जाँच बुझ गरिरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । जाँचबुझका क्रममा दलहरूले बुझाउनुपर्ने कागजात नपुगेमा वा अस्पष्ट भएमा पुनः कागजात माग्ने उहाँले बताउनुभयो ।

आयोगले आगामी भदौ ८ गते दर्ता भएका दलको अन्तिम विवरण प्रकाशन गर्ने तयारी गरेको छ । विवरण प्रकाशन गरेपछि उनीहरूले संघ, प्रदेश, प्रत्यक्ष तथा समानुपातिक निर्वाचनमा सहभागी हुनका लागि निवेदन दिनुपर्ने उहाँले बताउनुभयो ।

राजनीतिक दलहरूले असोज २ र ३ गते समानुपातिक तर्फको निर्वाचनका लागि बन्द सूची बुझाउने कार्यसूची रहेको छ । यस्तै निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीको खरिद प्रक्रिया सुरु गरिएको पनि उहाँले बताउनुभयो ।

आयोगले आगामी भदौ २० गतेदेखि समानुपातिक तर्फको मतपत्र छपाई  सुरु गर्ने तयारी गरेको छ । आयोग सहित राजनितिक दलहरू पनि निर्वाचनको तयारीमा जुटिरहेका छन् ।

सत्ता गठबन्धनमा भने निर्वाचनका लागि सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको छ । सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेपनि कुरा मिल्न सकेको छैन । प्रतिनिधिसभा र प्रदेशसभामा कुन दललाई कति सिट  भागबण्डा गर्ने भन्नेमा कार्यदलमा कुरा नमिलेपछि कार्यदल सदस्यले शीर्ष नेतासँग छलफल गरेर मापदण्ड तयार गर्ने जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ४, २०७९ शनिवार - १०:००:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology