Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

कृषिमा प्रोत्साहन गर्न किसानलाई अनुदान, उपलब्धी भने उत्साहजनक भएन 

कृषिमा प्रोत्साहन गर्न किसानलाई अनुदान, उपलब्धी भने उत्साहजनक भएन 

images

इच्छाकामना न्युज

४, भाद्र २०७९
कृषिमा प्रोत्साहन गर्न किसानलाई अनुदान, उपलब्धी भने उत्साहजनक भएन 
images

रोशन तिवारी, पर्वत । पर्वतमा अनुदानकै लागि फर्म दर्ता गर्ने, कागजमा बनेको फर्मका आधारमा अनुदान लिने र अनुदानका कार्यक्रम सकिएपछि पुरानो फार्म स्थगित गरेर पुनः नयाँ दर्ता गर्ने विकृतिहरू देखिन थालेका छन् ।

माटोमा खेती गर्ने भन्दा झोलामा खेती गर्नेले अनूदान पाउँदै आएको फलेबास ३ का काशिराम पराजुलीले गुनासो गर्नुभयो । पर्वतको जनसङ्ख्याको अनुपातमा वर्षभरि ३१ हजार ८ सय ९२ टन खाद्यान्न आवश्यक देखिन्छ । धान, मकै, कोदो, गहुँसमेतको उत्पादन जोड्दा २९ हजार ४ सय ६५ हेक्टर मात्रै उत्पादन हुन्छ । अझै २ हजार ४ सय २७ टन खाद्यान्न अपुग हुन्छ ।

ज्ञान केन्द्रकै तथ्याङ्कअनुसार १३ हजार टन तरकारी आवश्यक पर्नेमा ९ हजार ५ सय टन उत्पादन हुन्छ  । ४ हजार ८ सय टन दलहन बाली आवश्यक पर्नेमा ५ सय टन मात्रै उत्पादन हुन्छ । १ हजार ६ सय टन तेलहन आवश्यक पर्नेमा १२० टन मात्रै फल्छ । अनुदान दिएर नभई भूमीको वर्गिकरण गर्दा उत्पादन बढ्न सक्ने किसान शिव अधिकारीले बताउनुभयो ।

फलेबास ६ देविस्थानका अगुवा किसान भरत श्रेष्ठका अनुसार किसानहरु प्रविधिसँग नजिकिन चाहन्छन् । जलवायू परिवर्तनको असर र नयाँ नयाँ रोगका कारण बालीनाली फस्टाउन सकेको छैन । त्यसैले किसानलाई अनूदान र आश्वसनभन्दा सीप चाहिएको श्रेष्ठले बताउनुभयो । आठ वर्षमा धानबाहेक हिउँदे खेतीको उत्पादन क्रमशः घट्दो क्रममा छ  ।

मूख्य बालीका रूपमा रहेको धानकै उत्पादन समेत सन्तोषजनक छैन । कृषि ज्ञान केन्दसँगै स्थानीय सरकारले पनि यान्त्रिक उपकरण, साना सिँचाई, टनेल, मल बीउ लगायतका शिर्षकमा अनूदान वितरण गरिरहेका छन् । तर, उपलब्धी भने उत्साहजनक देखिएको छैन ।

images
प्रकाशित मिति :भाद्र ४, २०७९ शनिवार - ०९:४६:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology