काठमाण्डौ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ। बैठक अहिले बिहान ९ बजेपार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । आजको बैठकले पदाधिकारीहरूको टुङ्गो लगाउने आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडाले बताउनुभयो ।
यसअघि हिजो बसेको बैठकले केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समिति सदस्यको टुङ्गो लगाएको थियो । खतिवडाका अनुसार करिबकरिब पदाधिकारीहरूको व्यवस्थापनको विषय टुङ्गोमा पुगिसकेको छ। माओवादीमा महासचिवका लागि वर्षमान पुन र जनार्दन शर्माको दाबी छ।