Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

१२ प्रकारका तरकारीको ४६ वटा नमुनामा अत्यधिक विषादी फेला

१२ प्रकारका तरकारीको ४६ वटा नमुनामा अत्यधिक विषादी फेला

images

इच्छाकामना न्युज

२, भाद्र २०७९
१२ प्रकारका तरकारीको ४६ वटा नमुनामा अत्यधिक विषादी फेला
images

काठमाण्डौ । गत आर्थिक वर्षमा देशभरका प्रयोगशालामा गरिएको परिक्षणबाट १२ प्रकारका तरकारीको ४६ वटा नमुनामा अत्यधिक विषादी फेला परेको छ । केन्द्रीय कृषि प्रयोगशालाले गरेको उक्त परीक्षणका क्रममा गोलभेँडा, काउली, रायोको साग लगायतका तरकारीमा अत्यधिक मात्रामा विषादी फेला परेको हो ।

प्रयोगशालाको तथ्याङ्क अनुसार यस अवधिमा काउलीका दुई सय ७६ वटा नमुना परिक्षण गरिएकोमा सात वटा नमुनामा खान नमिल्ने विषादी फेला परेको थियो ।

त्यस्तै साग, खुर्सानी र गोलभेँडाका पनि सात/सात वटा नमुनामा पनि अत्यधिक विषादी भेटिएको प्रयोगशालाका वरिष्ठ प्राविधिक राजिव दास राजवंशीले सीआईएनलाई जानकारी दिनुभयो ।

विभिन्न ३३ जिल्लामा गरिएको उक्त परिक्षणका क्रममा बढीजसो बेमौसमी तरकारीमा धेरै बिसादी पाईएको भन्दै उहाँले सचेत हुन उपभोक्तालाई आग्रह समेत गर्नुभयो ।

images
प्रकाशित मिति :भाद्र २, २०७९ बिहिवार - ०८:५२:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology