Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जुम्ली खसभाषाको अभिलेखीकरण गर्ने भाषा आयोगको तयारी 

जुम्ली खसभाषाको अभिलेखीकरण गर्ने भाषा आयोगको तयारी 

इच्छाकामना न्युज

३१, श्रावण २०७९
जुम्ली खसभाषाको अभिलेखीकरण गर्ने भाषा आयोगको तयारी 
images

काठमाण्डौ । भाषा आयोगले जुम्ली खसभाषा अभिलेख गर्ने भएको छ । यसका लागि स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखिकरण प्रक्रिया सुरू गरेको छ । खस भाषाको उद्गमस्थल भनेर जुम्लाको सिञ्जा उपत्यका मानिदै आएपनि अहिलेसम्म खसभाषा राष्ट्रिय भाषा आयोगमा दर्ता भएको छैन ।

images
images

खस भाषा दर्ताको लागि  स्थानीय सरकारले समेत त्यसको अभिलेखीकरणको पहल थालेको हो । भाषा आयोगका प्रवक्ता गेहनाथ गौतमका अनुसार खसभाषा अभिलेखीकरणका विषयमा आयोगले प्रथामिकता दिएर काम अघि बढाएको छ ।  

हालसम्म खसभाषाका २४ स्वर र ४१ वटा व्यञ्जन वर्णसमेत आयोगले तयार पारिसकेको छ । खस भाषाको उत्थान र विकास’का लागि खस भाषाको अभिलेख अपरिहार्य भएकोले अभिलेख गर्ने तयारी आयोगले गरेको हो ।  

images
प्रकाशित मिति :श्रावण ३१, २०७९ मंगलवार - १८:३७:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology