Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकी प्रदेशमा नेकपा (एमाले)ले बहुमतको सरकार बनाउने

गण्डकी प्रदेशमा नेकपा (एमाले)ले बहुमतको सरकार बनाउने

इच्छाकामना न्युज

३०, श्रावण २०७९
गण्डकी प्रदेशमा नेकपा (एमाले)ले बहुमतको सरकार बनाउने
images

बन्दिपुर । नेकपा (एमाले) का नेताहरुले गण्डकी प्रदेशमा आफ्नो सरकार बन्ने गरी आगामी चुनावमा बहुमत ल्याउने दावी गरेका छन् । केही स्थानीय तह र वडामा प्राविधिक कारणले जित निकाल्न नसकेकोमा प्रदेश सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनमा थप सुधार हुने नेताहरुको दावी छ ।

images
images

तनहुँको बन्दिपुरमा आइतबार र सोमबार आयोजित संगठनात्मक कार्यशालामा नेकपा (एमाले) का उपमहासचिव एवं गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले)ले संघ र प्रदेशमा बहुमतसहितको सरकार बनाउने दावी गर्नुभयो । उहाँले देश अहिले एमालेमय भएकाले संघ र प्रदेश दुवैमा बहुमतका साथ सरकार बनाउने उहाँको भनाई छ । उहाँले कम्युनिष्टको भविश्य देख्न चाहनेहरु अहिले नेकपा (एमाले) मा प्रवेशको लर्को चलेको र जनताले पनि विश्वास गरेको पार्टी नेकपा (एमाले) भएकाले जित सुनिश्चित भएको उहाँले बताउनुभयो । निष्ठा र प्रतिष्ठाको राजनीति गर्नेलाई जनताले सत्तामा पु¥याउने भन्दै कार्यनीति, सिद्धान्त र बैचारिक हिसावले अडिग भएर अघि बढ्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभएको छ । 

पार्टी केन्द्रीय संगठन विभाग प्रमुख एवं पूर्व ग्रहमन्त्री खगराज अधिकारीले ‘पार्टी संगठन र समाधानका सम्बन्धमा’ कार्यपत्र प्रस्तुत गर्दै पार्टी कमिटी केन्द्रदेखि टोलसम्म सक्रियताका साथ चुनावमा होमिनुपर्ने बताउनुभयो । पार्टीका सवै संगठनले सांगठनिक गतिविधि देखाएर अघि बढ्न उहाँले निर्देशन दिनुभयो । उहाँले समावेशीताको सिद्धान्त एमालेले मात्रै बुझेको भन्दै दलाल–नोकरशाही–पुँजीवादको अन्त्य गरेर समाजवादको आधार निर्माण गर्नेकार्यमा सवैले नेकपा (एमाले)लाई साथ दिन र गोलबद्ध हुन आह्वान गर्नुभयो ।

पार्टी केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले ‘संगठनात्मक अवस्था, समस्या र समाधान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेकपा (एमाले) को जितको आधार नै संगठन भएको बताउनुभयो । पार्टीको सवै जनसंगठनको सक्रियता र जनताको भरोसाबाट नेकपा (एमाले) आगामी चुनावमा पहिलो पार्टी बन्ने अवसरलाई सवैले सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो । 

कार्यक्रममा पार्टीको जनसंगठन संयोजक भानुभक्त ढकालले जनसंगठन क्रियाशील भएमात्रै पार्टीले विजयी हासिल गर्ने भएकाले जनसंगठन सक्रिय ढंगले लाग्न आग्रह गर्नुभयो । पार्टी संगठन सदस्य कर्ण थापाले नेकपा (एमाले) मा नयाँ सदस्यता लिने र नवीकरण गर्ने क्रम बढेको भन्दै भदौ १५ गतेभित्र सवैले पार्टी सदस्यता नवीकरण गर्न आग्रह गर्नुभयो । 

कार्यशालामा विभिन्न जिल्लाबाट सहभागि जिल्ला अध्यक्ष, सचिव र संगठन विभाग प्रमुखलगायत गरी ११ र जनसंगठनको एउटा गरी १२ समूह गरेर पार्टीले आगामी दिनमा गर्नुपर्ने कामबारे सुझाव संकलन गरिएको छ । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यशालामा उपाध्यक्ष मोहन रेग्मीले स्वागत भाषण गर्नुभएको थियो । कार्यक्रमको संचालन सचिव धनञ्जय दवाडीले गर्नुभएको थियो ।

images
प्रकाशित मिति :श्रावण ३०, २०७९ सोमवार - २१:२२:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology