Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

महँगी र भ्रष्टाचार विरुद्ध नेकपा एमाले आवद्ध मोर्चा संगठनहरुको दमौलीमा प्रदर्शन

महँगी र भ्रष्टाचार विरुद्ध नेकपा एमाले आवद्ध मोर्चा संगठनहरुको दमौलीमा प्रदर्शन

इच्छाकामना न्युज

३०, श्रावण २०७९
महँगी र भ्रष्टाचार विरुद्ध नेकपा एमाले आवद्ध मोर्चा संगठनहरुको दमौलीमा प्रदर्शन
images

तनहुँ । तनहुँको दमौलीमा महँगी र भष्ट्राचारको विरुद्ध विरोध प्रदर्शन गरिएको छ । आइतबार नेपाल कम्युनिष्ट पार्टी एमालेमा आवद्ध मोर्चासंगठनले विरोध प्रदर्शन गरेको हो ।

images
images

कार्यक्रमको सभापतित्व राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष मदन तिमिल्सेनाले गरेका थिए । सो अवसरमा अध्यक्ष तिमल्सेनाले सरकार जनता मारा भएको आरोप लगाए । उनले भने ‘सरकारले अनेक बहानामा जनता माथि करको भारी थोपरेको छ ।’

नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषदको सदस्य एक बहादुर रानाले सरकारले टुक्रे बजेट पास गरेको आरोप लगाए । उनले अगाडि भने ुगण्डकी प्रदेश सरकारले सवारी करपछि अंशबण्डामा अनावश्यक ढंगले कर बढाएको छ ।ु

कर बढाएर नेता र मन्त्रीको सुविधा बढाउन सरकार लागि परेको नेता रानाले बताए । मंसिर ४ गतेको निर्वाचनमा हराएर यो सरकारलाई तह लगाउन सकिने नेता रानाले बताए ।

नेकपा एमाले गण्डकी प्रदेश सदस्य अमर भण्डारी, व्यास नगर कमिटी अध्यक्ष बिरेन्द्र अधिकारी लगाएतले महँगी नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको संचालन युथ फोर्स तनहुँका अध्यक्ष अजित पन्थले गरेका थिए ।

images
प्रकाशित मिति :श्रावण ३०, २०७९ सोमवार - ०९:३४:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology