Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने यातायात मन्त्री राईको चेतावनी 

काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने यातायात मन्त्री राईको चेतावनी 

इच्छाकामना न्युज

२८, श्रावण २०७९
काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने यातायात मन्त्री राईको चेतावनी 
images

बिरगंज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । आज वीरगञ्जमा तिलावे पुलको उद्घाटन गर्दै उहाँले वडाध्यक्षदेखि सांसदसम्म ठेकेदार बनेको र काम नगर्ने प्रवृत्ति बढेको भन्दै नेता बनेर काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिनुभएको हो ।

images
images

काम नगर्ने ठेकेदारलाई जनताले चिन्नुपर्ने उहाँको भनाइ छ ।आफू मन्त्री हुँदा ८२ वटा पुल अलपत्र रहेकामा त्यसलाई ३४ मा झारेको पनि मन्त्री राईले दावी गर्नुभयो । उहाँले सङ्घको जिम्मेवारीमा रहेका सडक, पुल लगायतका आयोजनाको काम समयमै सक्ने वतावरण बनाउन सडक विभागलाई निर्देशनसमेत दिनुभयो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रदीप यादवले वर्षौदेखि ठेक्का लिएर बस्ने काम नगर्ने ठेकेदारलाई कारबाही गर्न माग गनुभयो । कालोसूचीमा राखेर मात्रै नहुने देखिएकाले काम नगर्ने ठेकेदारको लाइसेन्स नै खारेज गर्नुपर्ने उहाँको भनाइ छ ।

हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी र ठोरी–माडी खण्डमा वनका कारण उत्पन्न समस्या समाधानमा वन मन्त्रालयले पहलकदमी लिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । उद्घाटनपछि आजदेखि नै तिलावे खोलाको नयाँ पुल सञ्चालनमा आएको छ । 

images
प्रकाशित मिति :श्रावण २८, २०७९ शनिवार - १९:११:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology