Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गठबन्धन बनाएको प्रति एमालेको आपत्ति 

गठबन्धन बनाएको प्रति एमालेको आपत्ति 

इच्छाकामना न्युज

२८, श्रावण २०७९
गठबन्धन बनाएको प्रति एमालेको आपत्ति 
images

काठमाण्डौ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनका लागि सत्तारुढ गठबन्धन बनाएको प्रति असन्तुष्टि जनाउनुभएको छ । आज लोकतान्त्रिक शेर्पा संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन पहिल्यै गठबन्धन बनाएको प्रति असन्तुष्टि जनाउनुभएको हो ।

images
images

अध्यक्ष ओलीले एक्लाएक्लै चुनाव लड्ने र चुनावपछि सरकार गठनका लागि गठबन्धन बनाउनुपर्ने भए पनि एमालेलाई रोक्न गठबन्धन भइरहेको बताउनुभएको हो ।

चुनावमा आफ्नो गठबन्धन लिएर जानुपर्ने र चुनावपछि कसको सरकार बनाउने भन्ने गठबन्धनमा जानुपर्ने उहाँको भनाइ थियो । एमालेलाई बहुमत ल्याउन रोक्नका लागि यो गठबन्धन भएको उहाँको भनाइ छ ।  

एमालेले देशको विकासका योजना लिएर अगाडि बढेको बताउँदै ओलीले त्यसबाट आत्तिएकाहरू गठबन्धन बनाउन लागेको दाबी गर्नुभयो ।

जनताका इच्छा, आवश्यकताहरूलाई बुझेर यिनीहरूलाई पूरा गर्न, देशबाट गरिबी, असमानता, भेदभाव हटाउने सामाजिक न्याय र समृद्धिको चाहनालाई पूरा गर्नका लागि पनि एमालेले जित्नुपर्ने उहाँले बताउनुभयो । 

images
प्रकाशित मिति :श्रावण २८, २०७९ शनिवार - १९:०७:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology