Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बेलायतबाट पीएचडी गरेका कृषि विज्ञ कृष्णप्रसाद पौडेलले गरे चितवनबाट चुनाव लड्ने घोषणा

बेलायतबाट पीएचडी गरेका कृषि विज्ञ कृष्णप्रसाद पौडेलले गरे चितवनबाट चुनाव लड्ने घोषणा

images

इच्छाकामना न्युज

२८, श्रावण २०७९
बेलायतबाट पीएचडी गरेका कृषि विज्ञ कृष्णप्रसाद पौडेलले गरे चितवनबाट चुनाव लड्ने घोषणा
images

चितवन । कृषि विज्ञ कृष्णप्रसाद पौडेल आगामी निर्वाचनमा चितवनको दुई नम्बर क्षेत्रबाट प्रतिनिधि सभामा चुनाव लड्ने भएका छन् । खाना र खेतीपातीलाई विषादीरहित बनाउने अभियानमा लागेका पौडेलले आज भरतपुरमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

भरतपुरमा आज भएको पत्रकार सम्मेलनमा पौडेलले आफू आबद्ध पार्टीमा दाबी पेस गरिसकेको जानकारी दिए । उनी एमालेमा राजनीति गरेका व्यक्ति हुन् । तर, पछिल्लो समय राजनीतिक गतिविधिमा भन्दा बढी विषादीरहित कृषि अभियानमा सक्रिय छन् । ’यो मुद्दा अब राजनीतिक प्रणालीभित्र आउनु पर्छ । किनकी विषादीको बढ्दो अनियन्त्रित प्रयोगले माटो र मान्छेको स्वास्थ्य घातकरूपमा बिग्रेको छ । यसलाई सुधार नै पर्ने भएको छ । यसका लागि राजनीतिकरूपमा हस्तक्षेप चाहिएको छ,’ पत्रकार सम्मेलनमा पौडेलले भने । सांसद बनेर नीति निर्माण तहमा यसबारे आवाज उठाउने आफ्नो उद्देश्य रहेको उनले बताए ।

पार्टीले अन्याय गरेको अवस्थामा विद्रोह गर्न सक्ने अधिकार आफूसँग रहेको पनि उनले बताए । तर, त्यस बारेमा अहिल्यै आफूले केही नसोचेको पनि उनको भनाइ । पार्टीमा लामो समयदेखि आबद्ध रहँदै आएको व्यक्तिले उठाएको जायज र नौलो मुद्दालाई नेतृत्वले नजरअन्दाज गर्दैन भन्ने विश्वास आफूलाई लागेको पौडेलले बताए ।

भरतपुरको क्षेत्रपुर घर भएका ६० वर्षका पौडेलले रामपुर कृषि क्याम्पसबाट कृषिमा स्नातक र बेलायतको रिडिङ विश्विवद्यालयबाट विद्यावारिधी गरेका हुन् । उनी विद्यार्थी जीवन २०३६ सालदेखि नै एमाले तथा तत्कालीन माले निकट भएर राजनीतिमा लागेका व्यक्ति हुन् ।

 

images
प्रकाशित मिति :श्रावण २८, २०७९ शनिवार - १८:५७:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology