Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

तनहुँमा अरिङ्गालको गोला पोल्ने क्रममा अरिङ्गालले टोकेर एकजनाको मृत्यु

तनहुँमा अरिङ्गालको गोला पोल्ने क्रममा अरिङ्गालले टोकेर एकजनाको मृत्यु

images

रासस

२८, श्रावण २०७९
तनहुँमा अरिङ्गालको गोला पोल्ने क्रममा अरिङ्गालले टोकेर एकजनाको मृत्यु
images

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् ।

सिसौको रुखमा रहेको अरिङ्गालको गोला बिहीबार राति पोल्ने क्रममा कुमाल घाइते भएका थिए । उनको गण्डकी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

अरिङ्गालले टोकेर घाइते कुमाललाई तत्कालै शुभलक्ष्मी पोलिक्लिनिक भिमाद हुँदै थप उपचारका लागि कास्कीको पोखरा पठाइएको थियो ।

images
प्रकाशित मिति :श्रावण २८, २०७९ शनिवार - १८:४९:२३ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology