Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

संसद विघटन गर्नुको ‘कारण देखाउन’सरकारलाई सर्वोच्चको आदेश

संसद विघटन गर्नुको ‘कारण देखाउन’सरकारलाई सर्वोच्चको आदेश

images

इच्छाकामना न्युज

१०, पौष २०७७
संसद विघटन गर्नुको ‘कारण देखाउन’सरकारलाई सर्वोच्चको आदेश
images

काठमाडौं, १० पुस । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटहरुको संवैधानिक इजलासमा सुनुवाई गर्दै अदालतले सरकारसँग संसद विघटन गर्नुको कारण मागेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटनको सक्कली फाइल मगाउने निर्णयसहित सर्वोच्चले कारण देखाऊ आदेश गरेको हो । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराको नेतृत्वका बसेको इजलासले आगामी पुस १९ भित्र लिखित जवाफ पेस गर्न सरकारलाई भनेको छ ।

यससँगै, यस मुद्दामा आगामी प्रक्रिया के हुने भन्ने जनचासो बढेको छ । सर्वोच्चले कारण मागेसँगै अब यस रिटमाथि बहस खुल्ला भएको छ । अब सरकारले संसद विघटन गर्नुको कारणसहित लिखित जवाफ अदालतमा बुझाउने छ ।

त्यसपछि अदालतले तोकेको इजलासमा पेसी चढेसँगै मुद्दामा दुबै तर्फबाट अधिवक्ताहरुले वहस गर्ने अधिवक्ता वासुदेव शर्मा बताउँछन् । सरकारले जवाफ पेस गरेपछि उक्त जवाफ र रिटमाथि दुबै पक्षबाट वकालत हुने उनले बताए ।

त्यसपछि सबै सुनुवाई सकिएपछि अदालतले अन्तिम फैसला गर्नेछ । पुस १९ भित्र सरकारले कारण पेस गरेपछि बढीमा २ महिनामा फैसला आउने शर्माले बताए । त्योभन्दा अगाडि एकैसातामा पनि फैसला हुनसक्ने उनले बताए ।

images
प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - १६:५४:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology