गोरखा, १० पौष
क्रिसमसको अवसरमा गोरखाको २ स्थानिय सार्वजानिक बिदा दिएको छ ।
जिल्लाको पालुङटार नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकाले आज इसाई धर्मालम्वीको महान चाड क्रिसमसको अवसरमा सार्वजनिक विदा दिएको हो।
दुवै पालिकाले सूचना जारी गर्दै सबै प्रकारका सरकारी कार्यालय, शिक्षण संस्थान, संघ संस्थालाई लागु हुने गरी सार्वजानिक बिदा दिएको जनाएको छ।
यता सदरमुकामको गोरखा नगरपालिकाले भने शिक्षण संस्थानको लागि मात्र लागुहुने गरी बिदाको घोषणा गरेको छ ।