सुडान । सुडानमा थप दुई वर्षका लागि सङ्क्रमणकालीन सरकार रहने भएको छ । मुलुकको सङ्क्रमणकालीन सरकार शान्ति सम्झौतामा सहमति भएको समय सीमा भन्दा थप दुई वर्ष रहने नेताहरुले बताएका हुन् ।
विदेशी साझेदारहरूले दक्षिण सुडानमा अझै वैधानिकताको कमी भएको बताएका कारण सङ्क्रमणकालीन सरकारको अवधि लम्ब्याउनु परेको नेताहरूलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।