Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गोरखाको शहिद लखन गाउँपालिका र फलफूल तथा तरकारी मूल्य शुङ्खला विकास आयोजनाबीच सम्झौता

गोरखाको शहिद लखन गाउँपालिका र फलफूल तथा तरकारी मूल्य शुङ्खला विकास आयोजनाबीच सम्झौता

images

इच्छाकामना न्युज

१९, श्रावण २०७९
गोरखाको शहिद लखन गाउँपालिका र फलफूल तथा तरकारी मूल्य शुङ्खला विकास आयोजनाबीच सम्झौता
images

पोखरा । गोरखाको शहिद लखन गाउँपालिका र कृषि तथा नेपाल सरकार कृषि तथा पशुपन्छी बिकास मन्त्रालय, फलफूल तथा तरकारी मूल्य शुङ्खला विकास आयोजनाबीच सम्झौता सम्पन्न भएको छ ।

पालिकाको तर्फबाट शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर र आयोजनाको तर्फबाट कृषि तथा कृषि तथा पशुपन्छी बिकास मन्त्रालय, फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजनाका रास्ट्रिय आयोजना निर्देशक यादव पधोतीले हस्ताक्षर गर्नुभयो ।

कृषि तथा पशुपन्छी बिकास मन्त्रालय अन्तर्गत रहने गरी जुन २०१८ देखि संचालमा रहेको फलफूल तथा तरकारी मूल्य शुङ्खला विकास आयोजनाले यसको कार्य क्षेत्रमा रहेका विभिन्न स्थानीय सरकारसंग सहकार्य गर्दै आएको छ ।

आयोजना मार्फत कार्य सम्पादन गर्ने प्रारुप अनुरुप गोरखाको शहिद लखन गाउँपालिकासँग आर्थिक वर्ष २०७६।०७७ मा गरिएको सम्झौता पत्रमा कार्यक्रम समयावधि साउन २०७७ देखि १४ असोज २०७९ सम्म रहेको थियो ।

सो अवधि समापन भएसगै आयोजनाले आज एक कार्यक्रमका बिच उक्त कार्यक्रम २०७९ साल कात्तिक मसान्तसम्म कार्यक्रम संचालन गर्न दुबै पक्ष बिच सम्झौता गरेको आयोजनाले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १९, २०७९ बिहिवार - २१:०४:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology