Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बागमति प्रदेशको वेथिति

बागमती प्रदेशमा मन्त्री थप्दा गाडी खरिद तथा मर्मतमै १ अर्ब स्वाहा

बागमती प्रदेशमा मन्त्री थप्दा गाडी खरिद तथा मर्मतमै १ अर्ब स्वाहा

images

इच्छाकामना न्युज

१९, श्रावण २०७९
बागमती प्रदेशमा मन्त्री थप्दा गाडी खरिद तथा मर्मतमै १ अर्ब स्वाहा
images

हेटौंडा । बागमती प्रदेश सरकारले साढे ४ वर्षमा १ अर्ब १७ करोड रूपैयाँभन्दा बढी सवारीसाधन खरिद, मर्मत र इन्धनमा सकेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको जानकारीअनुसार प्रदेश सरकारले स्थापना भएको साढे ४ वर्षको अवधिमा सवारीसाधन खरिद गर्ने, मर्मत गर्ने तथा इन्धन हाल्नका लागि मात्रै १ अर्ब १७ करोड ७७ लाख ५ हजार ४८ रूपैयाँ खर्च गरेको पाइएको हो।

बागमती प्रदेशमा भागबण्डाका लागि सत्तारुढ गठबन्धनले साविकको ७ वटा मन्त्रालयलाई विभाजन गर्दै १४ वटा पुर्‍याएपछि सवारी खरिदमा सरकारको खर्च बढेको हो। गत कात्तिक ११ गते प्रदेशमा गठबन्धनको नेतृत्वमा सरकार गठन भएको थियो।

गठबन्धनमा भागबण्डा मिलाउन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ७ वटा मन्त्रालयलाई विभाजन गरेर १४ वटा पुर्‍याएका थिए। त्यस्तै मन्त्रिमण्डल १८ जनाको बनाएका थिए। मन्त्रालय र मन्त्रीको संख्या बढेसँगै सवारी खरिदमा पनि सरकारको खर्च बढेको हो।

प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार प्रदेश सरकारले गत आव ०७८/७९ मा मात्रै सवारीसाधन खरिद तथा मर्मत र इन्धनमा कुल ४७ करोड २६ लाख ६७ हजार रूपैयाँ खर्च गरेको छ। प्रदेश सरकारले मन्त्री, राज्यमन्त्री तथा मन्त्रालयका सचिव र महाशाखा प्रमुखहरूका लागि गत आर्थिक वर्षमा ३० करोड १० लाख ४९ हजार ४६९ रूपैयाँ बराबरको सवारीसाधन खरिद गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाका सूचना अधिकारी होमनाथ रिजालले जानकारी दिए।

उनका अनुसार प्रदेश सरकारका विभिन्न निकाय र कार्यालयले सवारी मर्मतबापत गत आर्थिक वर्षमा ८० करोड १ लाख १४ हजार ७४९ रुपैयाँ खर्चेको छ। प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री र पदाधिकारीहरूले प्रयोग गर्ने सवारीसाधनमा ९० लाख ३० हजार ८६४ रूपैयाँको इन्धन खर्च गरेको उनले बताए।

 

images
प्रकाशित मिति :श्रावण १९, २०७९ बिहिवार - ०७:४०:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology