Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

थारु समुदायको पहिलो पर्व ‘गुरही’ को संरक्षणमा चुनौती 

थारु समुदायको पहिलो पर्व ‘गुरही’ को संरक्षणमा चुनौती 

इच्छाकामना न्युज

१८, श्रावण २०७९
थारु समुदायको पहिलो पर्व ‘गुरही’ को संरक्षणमा चुनौती 
images

विन्दु चौधरी, बासँगढी । कला संस्कृतिका धनी थारु समुदायको पहिलो पर्व‘गुरही’ को संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने थारु समुदायका अगुवाहरूले बताएका छन् ।

images
images

खेतीपातीको काम सकेर फुर्सदिलो बनेपछि मनाइने थारु समुदायले ‘गुरही’ पर्व प्रति युवा पुस्ताको चासो काम भएको भन्दै यसको संरक्षणमा ध्यान दिनुपर्ने उनीहरूले बताएका हुन् । गुरहीमा युवतीहरूले कपडाको पुतली अर्थात् गुरही बनाउँछन् र चना, केराउको गेडागुडी अनि घुङ्ग्री पकाएर तयार पार्छन् ।

युवतीहरूले चौबाटोमा गुरही र घुङ्ग्रीलाई फाल्छन् र युवकहरूले त्यसलाई सोंटा अर्थात् कुसलाइ रङ्गाएर बनाएको लट्ठीले पिट्ने गर्छन् । गुरही पर्वमा नाचगानसहित गाँउ परिक्रममा गर्ने चलन छ ।

गुरहीलाई पिटीसकेपछि थालमा बोकेर लगेका सबै परिकार युवायुवती मिलेर खान्छन् । अनि गुरीयालाई सोटामा बाँधेर गोठमा झुन्डाउने चलन पनि छ । जसले गाई बस्तुलाई रोग लाग्न दिँदैन भन्ने जनविश्वास छ । यस वर्षको ‘गुरही’ पर्व थारु समुदायले नाग पञ्चमीको दिन अर्थात हिजो मनाएका छन् । 

images
प्रकाशित मिति :श्रावण १८, २०७९ बुधवार - ०९:४०:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology