Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

धनकुटाको सिँधुवा आसपासका किसान धनियाँ खेतीबाट मनग्य आम्दानी गर्दै 

धनकुटाको सिँधुवा आसपासका किसान धनियाँ खेतीबाट मनग्य आम्दानी गर्दै 

images

इच्छाकामना न्युज

१८, श्रावण २०७९
धनकुटाको सिँधुवा आसपासका किसान धनियाँ खेतीबाट मनग्य आम्दानी गर्दै 
images

अनिता भट्टराई, धनकुटा । तरकारी उत्पादनका लागि परिचित धनकुटाको सिँधुवा आसपासका किसान धनियाँ खेतीबाट  मनग्य आम्दानी गरिरहेका छन् । धनियाँको साग बिक्रिबाट छोटो समयमा राम्रो आम्दानी हुने भएपछि किसानहरू व्यावसायिक रूपमा धनियाँ खेतीमा लागेका हुन् । सिँधुवामा लगभग साढे ३ सयभन्दा बढी किसानले व्यावसायिक रूपमा धनियाँ खेती गरेका छन् ।

 एक जना किसानले लगभग ७० हजार रुपैयाँ आम्दानी धनियाँको साग बिक्रीबाट नै गर्ने गरेका छन् ।  छोटो समयमा नै आम्दानी दिने भए पनि त्यति नै छिटो बिग्रिने भएकाले नोक्सानी पनि हुने गरेको किसान चेतबहादुर थापाले बताउनुभयो । धनकुटाको छथर जोरपार्टी गाउँपालिकाप्रदेश नम्बर १ को सबैभन्दा बढी तरकारी उत्पादन हुने क्षेत्र अन्र्तगत पर्छ ।

यहाँ उत्पादन भएका तरकारीपूर्वी नेपालको धरान, विराटनगर, झापा हुँदै भारतको सिलगुढी र पश्चिम बङ्गालका विभिन्न स्थानहरूसम्ममा बिक्री हुने गरेको छ । सिँधुवा क्षेत्रबाट मात्र एक दिनमा ३० देखि ४५ हजार मुठासम्म धनियाँको साग बजारसम्म पुगेको सिँधुवा कृषि भण्डारका प्रमुख मेघेन्द्र गुरुङले बताउनुभयो ।

धनकुटाको सिँधुवाबाट मात्रै गत आर्थिक वर्षमा ३५ करोड रूपैँयाको तरकारी भारत निकासी भएको छ । आलु, बन्दाकोपी, मुला, केराउ लगायतका तरकारी खेती गर्ने किसानहरू केही वर्ष यता धनियाको साग उत्पादनमा सक्रिय बनेका हुन् । उत्पादित धनियाँको सागको बजारिकरण बढाउन सके अझै बढि फाइदा हुने किसानहरू बताउँछन् ।

images
प्रकाशित मिति :श्रावण १८, २०७९ बुधवार - ०९:१६:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology