Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवन विशेष

पहिरो हटाएर २३ घण्टापछि संचालनमा आएको मुग्लिन–नारायणगढ सडकमा फेरी पहिरो खस्यो, बाटो अवरुद्ध

पहिरो हटाएर २३ घण्टापछि संचालनमा आएको मुग्लिन–नारायणगढ सडकमा फेरी पहिरो खस्यो, बाटो अवरुद्ध

इच्छाकामना न्युज

१८, श्रावण २०७९
पहिरो हटाएर २३ घण्टापछि संचालनमा आएको मुग्लिन–नारायणगढ सडकमा फेरी पहिरो खस्यो, बाटो अवरुद्ध
images

चितवन । लामो प्रयासपछि २३ घण्टापछि संचालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ ।

images
images
गयराति ५ घण्टा मात्रै संचानमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पहिरो खसेपछि पुनः अवरुद्ध भएको हो । सोमबार राति पहिरो खसेकै ठाउँ भरतपुर–२९, मौरी खोलामा पुनः पहिरो खसेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज विहान २ः३० बसेको समयमा लेदोसहितको पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । सोही लेदोसहितको पहिरोमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको एउटा भारतीय नम्बरको मिनी ट्रक समेत फसेको छ ।

सोही ठाउँमा सोमबार राति ११ बजे ठूलो पहिरो खस्दा मंगलबार राति ९ः४० बजेको समयमा मात्रै दुईतर्फी संचालनमा ल्याईएको थियो ।

images
प्रकाशित मिति :श्रावण १८, २०७९ बुधवार - ०७:४४:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology