काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको केन्द्रिय समिति सचिवमा मनकामना एफ एम ९८.७ मेगाहर्जका कार्यकारी प्रमुख प्रल्हाद पोखरेल चयन भएका छन।
प्रेस सेन्टर नेपालको काठमाडौमा यहि श्रावण १३ र १४ गते गरि सम्पन्न केन्द्रिय समितिको दोश्रो पुर्ण बैठकबाट पोखरेल (एकतामार्फत) केन्द्रिय सचिवमा चयन भएका हुन। बाबुराम भट्टराई नेतृत्वको तत्कालीन संघीय समाजबादी पार्टी निकट पत्रकारहरुको संगठनको केन्द्रिय उपाध्यक्ष रहेका पोखरेल सामुदायिक रेडियोहरुको संस्था अकोराबको लेखासमिति सदस्य रहनुका साथै विगत २० बर्ष देखि पत्रकारिताको क्षेत्रमा सक्रिय रहेका थिए।
२०६६ सालमा पहिलो पटक इच्छाकामना गाउँपालिकाको कुरिनटारमा स्टुडियो निर्माण गरि रेडियो मनकामना संचालनमा ल्याउन मुख्य भुमिका खेलेका पोखरेल तत्कालिन नेकपा माओवादीले संचालन गरेको जनयुद्धमा सहभागी भइ क्रान्तिकारी पत्रकारिताको क्षेत्रमा प्रवेश गरेका थिए।